बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सम्बन्ध सुधार नै प्रधानमन्त्रीको भ्रमणको प्राथमिकता हुनुपर्ने

आइतबार, ०२ फागुन २०७२, १७ : ३५
आइतबार, ०२ फागुन २०७२

काठमाडौं– परराष्ट्रविद्धहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण दुई मुलुकवीच चिसिएको सम्बन्ध सुधारमै सबैभन्दा बढी केन्द्रीत हुनु पर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा अमेरिकाकालागि पूर्व नेपाली राजदुत डा. शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको सबैभन्दा महत्वपूर्ण एजेण्डा नै दुई मुलुकको विग्रएको समस्या सामान्यीकरण गर्नु हुनु पर्ने भन्दै भ्रमणलाई सफल बनाउन नेपालले अहिलेका समस्याहरु भारतलाई नविझाउने गरेर टेवलमा राख्न सक्नु हुने बताए । उनले यसकोलागि खुल्ला माईण्ड लिएर जानु पर्ने भन्दै भुईचालोमा भारतले गरेको सहयोग, ट्रमा सेन्टरको फाईदा बताएर छ महिनामा भएको समस्या अब दोहोरिन नदिन के गर्नु पर्छ भनेर छलफलको क्रमस सुरु गर्नु पर्ने सुझाव दिए ।

त्यसैगरी पञ्चेश्वर, हुलाकी राजमार्गको काम अगाडि बढाउने, फाष्टट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको चासो बुझ्ने र पारस्परिक स्वार्थकालागि आगाडि बढाउने कुरालाई उठाउनु पर्ने भन्दै सात वटा प्रदेशको विकास गर्ने र मधेसको संबेदनशिलताको विषयमा पनि कुरा गर्नुपर्नेमा जोड दिए । चीनकालागि पूर्व नेपाली राजदुत टंक कार्कीले बदलिएको परिस्थितिको गन्तब्यमा सम्बन्ध कस्तो हुनु पर्छ भन्ने विषयमा केन्द्रीत हुनु पर्नेमा जेड दिदै नेपालको भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासहित कुनै पनि नाजायज माग पुरा गर्न सकिदैन भनेर भन्न सके भावी दिनमा सम्बन्धमा समस्या नआउने तर्क गरे । उनले नेपालको प्राकृतिक स्रोत, चीनको प्रविधी, पुजि र भारतको बजारलाई संयोजन गर्ने विषयमा कुरा गर्न सके त्यसले सबैको हित हुने भन्दै नेपालको स्थिरता, शान्ति र सार्वभौमिकतामा क्षेत्रको शान्तिकै लागि आवश्यक रहेको तर्क गरे ।

डा. सम्भुराम सिंखडाले प्रधानमन्त्रीले भारत भ्रमणमा पारस्परिक शंकाको बातावरण अन्त्य गरेर विग्रिएको सम्बन्धको उपचार गर्न सक्नु पर्ने भन्दै दिर्घकालिन महत्वको विषयमा नगई सम्बन्ध सुधारमा लाग्नु नै उपयूक्त हुने तर्क गरे ।

भारतकालागि पूर्व नेपाली राजदुत दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमण विग्रएिको सम्बन्ध पुर्नस्थापित गर्नमा केन्द्रीत हुनु पर्ने भन्दै परराष्ट्र नीतिलाई राजनीतिकरण गर्ने परम्पराको अन्त्य हुनु पर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीले ठूलो विषय बस्तु भन्दा विगतमा भएका जलस्रोत र पूर्वाधार विकासको एजेण्डालाई लिएर जानु पर्ने भन्दै गैर कुटनीतिक ढंगले ब्यवहार गर्दा अहिलेको अवस्था आएको बताए ।

परराष्ट्रविद्ध हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्यले नाकाबन्दीको घाउ पुरेर सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनु हुनु पर्ने भन्दै भारतीय विदेशमन्त्री शुष्मा स्वराजको हालैको भ्रमणले सकारात्मक बातावरण बनाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप