क्राइम अपडेट : २४ घण्टाभित्र देशभर के–के घटना घटे ?
काठमाडौं–आज फागुन २ गते । देशभर कहाँ के घटना घटे त ? नेपाल प्रहरीका अनुसार २४ घण्टाभित्र देशभर घटेका घटनाहरु यस्ता छन् : वैदेशिक रोजगार कसुर मुद्धाका फरार पक्राउ : काठमाडौँ : वैदेशिक रोजगार कसुर मुद्धाका फरार काठमाडौँ महानगरपालिका–७ बस्ने सुनसरी हासपोसा–२ घर भएका ३६ बर्षीय राम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । रोजगार न्यायाधिकरणको गत मंसिर २० गतेको पैmसलाले १ लाख ५० हजार जरीवान र १ बर्ष ६ महिना कैद हुने ठहर भएका गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले आइतबार चावहिलबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौमा पेश गरेकोमा अदालतले कैद भुक्तानको लागि गुरुङलाई केन्द्रीय कारागार सुन्धरामा पठाएको छ । गुरुङले २०७० असोज ५ गते आकर्षक वैदेशिक रोजगारको लागि दुवई पठाई दिन्छु भनी रोहित गिरीबाट १ लाख ७० हजार रुपैया लिई ठगी गरेको ठहर गर्दै वैदेशिक रोजगार न्यायाधिकरणले गुरुङलाई उक्त कैद जरीवाना हुने तथा पीडितलाई बिगो र हर्जाना समेत २ लाख ५५ हजार भराईदिने फैसला भएको थियो ।
श्रीमतीको हत्या गर्ने पक्राउ : डोटी : आप्mनै श्रीमतीको हत्या गरेको अभियोगमा गाजरी–२ बस्ने ४५ बर्षीय महा कँुवरलाई प्रहरीले पक्राउ गरेको छ । कुँवरले शनिबार राति घरायसी विवादमा ४३ बर्षीया श्रीमती गंगा देवी कुँवरलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरी हत्या गरेर लास घरदेखि ५ सय मिटर टाढा खेतमा लगेर फालेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ : मोरङ : बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दारभैरिया–७ बस्ने १८ बर्षीय सुनिल सरदारलाई प्रहरीले पक्राउ गरेको छ । सरदारले आइतबार सोही ठाउँ बस्ने ७ बर्षीया बालिकालाई उखुघारीमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । पीडित बालिकालाई उपचारको लागि कोशी अंचल अस्पताल पठाइएको छ । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागू औषधसहित पक्राउ : पसा : सर्लाही नमुना–३ बस्ने २२ बर्षीय महेश सहनीलाई प्रहरीले अवैध लागू ओषध खैरो हिरोइन ३४ ग्राम सहित पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल राजस्व भंसार सुरक्षा गुल्म पर्साबाट खटिएको संयुक्त गस्ती प्रहरी टोलीले शनिबार बिरगंज उपमहानगरपालिका–१९ बाट सहनीलाई चेवनप्रासको डव्वा भित्र लुकाई छिपाई राखेको उक्त खैरो हिरोइन सहित पक्राउ गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज उपमहानगरपालिका–१० बाट नियन्त्रित लागू औषध डाईजापाम, फिनार्गन र नर्फिन इन्जेक्सन गरी ४२६ एम्पुल सहित मकवानपुर छैराङ–६ बस्ने ३८ बर्षीय राजु तामाङ र सिन्धुपाल्चोक गाती–८ बस्ने २७ बर्षीय जित बहादुर तामाङलाई शनिबार पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डिजेल र मट्टितेल बरामद : बर्दीया : इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले गुलरियाबाट नेपालगंजतर्फ गइरहेको ना.५ ख ४९४८ नम्वरको बसबाट अवैध डिजेल र मट्टितेल बरामद गरेको छ । मैनापोखर–१ मा उक्त बसलाई आइतबार चेकजाँच गर्दा ६ वटा ड्रममा रहेको २६० लिटर डिजेल र ४ वटा ड्रममा २४० लिटर मट्टितेल बरामद भएको थियो । बरामद डिजेल र मट्टितेल प्रहरी भंसार कार्यालय गुलरियामा बुझाउने कार्य गरिरहेको छ ।
मृत अवस्थामा फेला : काभ्रे : धुलिखेल नगरपालिका–२ बस्ने ४५ बर्षीय आन्नद तामाङ आइतबार सोही ठाउँको बाटोमा मृत अवस्थामा फेला परेका छन् । नुवाकोट : टुप्छे–६ बस्ने ३६ बर्षीय बिष्णु बहादुर नेपाली आइतबार बिदुर नगरपालिका–९ भागुते भन्ने स्थानमा मृत अवस्थामा फेला परेका छन् । लम्जुङ : दुराडाडाँ–४ बस्ने ३८ बर्षीय एक बहादुर सार्की पाँचघरे स्थित छहरे खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट क्षति : पर्सा : रामनगरी–६ बस्ने नागिन्दर गिरीको खरको छानो भएको घरमा आगलागी हुँदा छिमेकी रामबहादुर गिरी र जोखन सहनीको घर समेत जलेर करीव ७ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी : धनुषा : मलिनिया–५ बस्ने बिकाउ माला , मिलिनिया–४ बस्ने सोयम मिया, जुमरत राईन र बेचन मियाको घरबाट नगद तथा सुनका गहना सहित करीव ३ लाख ६३ हजार रुपैयाँ बराबरबको धनमाल चोरी भएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिदेशी मुद्रा सहित पक्राउ : काठमाडौँ : काठमाडौँ महानगरपालिका–३४ भिमसेनगोला बस्ने राहदानी नम्बर १९९४४५० वहाक ३४ बर्षीय अनिल योन्जन र राहदानी नम्वर ०५६४७८८१ बाहक २२ बर्षीय आयुष क्षेत्रीलाई प्रहरीले बिदेशी मुद्रा सहित पक्राउ गरेको छ । एयर एरेवियाको उडानद्वारा सारजाहतर्फ जान लागेका योन्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले ह्याण्ड व्यागमा लुकाई लग्न लागेको युएस डलर ३५ हजार र आयुषको ह्याण्ड व्यागमा लुकाई छिपाई राखेको युएस डलर २९ हजार ८ सय , युएई दिराम १६ हजार ६ सय २० र कतारी रियल ५ हजार ५ सय सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिष्फोटक पदार्थ बरामद : संखुवासभा : बाला–१ बस्ने आसन राईको घरबाट प्रहरीले ३५० ग्राम बिस्फोटक पदार्थ गन्धक बरामद गरेको छ । राईलाई प्रहरीले गत माघ २३ गते खाँदवारी नगरपालिका–१३ सवाखोला छेउबाट बिस्फोटक पदार्थमा प्रयोग हुने सोडा ४९ के.जी., गन्धक ४ के.सी. सहित पक्राउ गरेकोमा निजको बयान अनुसार फागुन १ गते घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त बिस्फोटक पदार्थ गन्धक बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।
आगलागीमा मृत्यु तथा घाइते : नुवाकोट : घ्याङफेदी–६ बस्ने ७५ बर्षीया सेरपली तामाङले शनिबार आफ्नै खेतमा रहेको मकैको ढोडमा बालेको आगो नजिकैको जंगलमा सल्कन गई निभाउने क्रममा जलेर गम्भिर घाइते भएकोले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारको क्रमा मृत्यु भएको छ । बाँके : कोहलपुर नगरपालिका–१२ चपर गौडी बस्ने दिल मायाँ गिरीको घरको कोठामा बालेको मैनबतीबाट शनिबार राति आगलागी हुदाँ गिरीको ४ बर्षीय छोरा साहिल गिरी जलेर गम्भिर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लगिएको छ । सिन्धुपाल्चोक : सिम्पालकाभ्रे–६ बस्ने ३५ बर्षीया भरिमाया बम्जमले शनिबार आफ्नै बारिमा काडाको झ्यांङ पोल्ने क्रममा आगो शरिरमा सल्किन जाँदा जलेर घाइते भएकोले उपचारको लागि चौतारा अस्पतालमा लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भीरबाट लडेर मृत्यु : प्युठान : लिघा–८ बस्ने ६५ बर्षीय खलाटे बि.क.को भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्याउलीवाङ्–२ पोवांग खोला स्थित बुहारीको माइतीघर जाने क्रममा स्याउलीवाङ्–१ स्थित झिवाङ भीरबाट अंदाजी १ सय मिटर तल खसेर उनको मृत्यु भएको थियो । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । मोटरसाइकलको ठक्करबाट मृत्यु : तनहुँ : गिरिंग सुन्दारा–८ बस्ने ४२ बर्षीया धनमायाँ सार्कीको मोटरसायकलको ठक्करबाट मृत्यु भएको छ । उनलाई शनिबार सुक्लागण्डकी नगरपालिका–१० खैरनिटार स्थित राजमार्गमा ग.१० प १२१३ नम्वरको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएकोले फिस्टेल अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत अवस्थामा फेला : रुपन्देही : सैनामैना–१ बस्ने ५० बर्षीया चुरी माया अर्याल शनिबार आप्mनै घरको कोामा मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नगद र सुनका गहना चोरी : काठमाडौँ : काठमाडौँ महानगरपालिका–७ चावहिल स्थित लुम्बिनी गेष्ट हाउस एण्ड भोजनालय संचालन गरी बस्ने गुल्मी रुपाकोट–६ घर भएका जनक पाण्डेको गेष्ट हाउसको पहिलो तलाको कोठामा कोही नभएको अवस्थामा शनिबार नगद ५ हजार रुपैया, १३ तोला सुनका विभिन्न गहना सहित करीव ७ लाख ७ हजार रुपैयाँ बरुाबरको चोरी भएको बताइएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण