काँग्रेस काठमाडौँको अधिवेशन आगामी मङ्गलबार र बुधबार हुने
आइतबार, ०२ फागुन २०७२, १८ : ००
काठमाडौँ– नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ ।
नेपाली काँग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते गर्ने निर्णय गरेको हो ।
काँग्रेस काठमाडौँका निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले फागुन ४ गते उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गर्ने र ५ गते बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
माघ २६ मा हुने भनिएको जिल्ला अधिवेशन केन्द्रीय सभापति सुशील कोइरालाको निधन भएपछि स्थगित भएको थियो ।
काठमाडौँको जिल्ला अधिवेशनमा एक हजार २७३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण