वैदेशिक रोजगार मुद्दाका फरार गुरुङ पक्राउ
काठमाडौँ–वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी सुनसरी हाँसपोसा गाविस घर भई हाल काठमाडौँ बस्दै आएका राम गुरुङलाई आज प्रहरीले पक्राउ गरेको छ ।
रोहित गिरीको जाहेरीले बादी नेपाल सरकार भई वैदेशिक रोजगार कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको मङ्सिर २० गतेको फैसलाले रु एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महिना कैद हुने ठहर भएका गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाबहिलबाट पक्राउ गरेको हो ।
पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको ब्युरोले जनाएको छ ।
गुरुङले जाहेरवाला गिरीलाई आकर्षक वैदेशिक रोजगारका लागि दुबई पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडित जाहेरवालाबाट रु एक लाख ७० हजार लिई ठगी गरेको ठहर गर्दै वैदेशिक रोजगार न्यायाधीकरणले वैदेशिक रोजगार, ऐन २०६४ बमोजिम प्रतिवादीलाई उल्लेखित कैद जरिवाना हुने तथा पीडितलाई प्रतिवादीबाट बिगो र हर्जानासमेत रु दुई लाख ५५ हजार भराइदिने फैसला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण