बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस कार्यकर्ताद्वारा नै कार्यालयमा ताला

आइतबार, ०२ फागुन २०७२, १८ : २३
आइतबार, ०२ फागुन २०७२

दैलेख– नेपाल तरुण दलका कार्यकर्ताले नेपाली काँग्रेस दैलेख जिल्ला कार्यालयमा आज तालबन्दी गरेका छन् ।

पाँच वर्षको क्रियाशील सदस्यता नवीकरण गरेको रकम दुरुस्त नभएको भन्दै नेपाल तरुण दलका जिल्ला अध्यक्ष टेकबहादुर कटुवालको नेतृत्वमा ताला लगाइएको हो ।

नेपाली काँग्रेसको जिल्ला कार्यसमितिको भवन निर्माण गर्दा जिविसबाट प्राप्त अनुदान रकम र सुर्खेत जिल्ला तथा अन्य पार्टी, सङ्घसंस्थाबाट उपलब्ध रकमबाट भवन निर्माण गर्दै आएको बिल भर्पाइसमेत सार्वजनिक गर्नुपर्ने माग गर्दै कार्यालय बन्द गरिएको कटुवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप