जिल्लाभरी नुनमा आयोडिनको मात्रा परिक्षण र प्रदर्शनी
सल्यान–जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा सल्यान जिल्लाका सबै गाविस र नगरपालिकामा नुनमा आयोडिनको मात्रा परिक्षण गरिएको छ । युएसएआइडिको सुआहारा कार्यक्रमको संयोजनमा भएको कार्यक्रममा दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन र खुल्ला नुनमा आयोडिनको मात्रा परिक्षण गरिएको हो । यसै क्रममा आइतबार सदरमुकाम खलंगामा भएकोे प्रदर्शनीमा आयोडिनको मात्रा परिक्षण गर्दै जिल्ला स्वास्थ्य कार्यालय सल्यानका पोषण फोकल पर्सन अरुण दाहालले मानिसलाई चाहिने १५ पिपिएम आयोडिनको मात्रा दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमा मात्रै पाइने बताए । परिक्षणका क्रममा खुल्ला नुनमा एकदमै न्युन मात्रामा आयोडिनको मात्रा देखिएको थियो भने दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमा अत्याधिक मात्रामा आयोडिनको मात्रा देखिएको थियो । सो अवसरमा आयोडिनयुक्त नुनमा प्रयोगलाई बढाउनका लागि आयोडिनयुक्त नुनबारे अन्र्तक्रिया तथा ¥याली समेत गरिएको थियो । जिल्ला विकास समिति सल्यानका योजना अधिकृत निम बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका डा. अच्युत आचार्यले आयोडिनको महत्वको विषयमा प्रकाश पारेका थिए । उनले दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुनको प्रयोग बढाउनका लागि सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिएका थिए । सुआहाराले सल्यान जिल्लाका साविक बमोजिमका ४७ वटै गाविसमा रहेका स्वास्थ्यचौकी, आमा समूह, स्वयंसेविकाहरुको सहभागितामा नुनमा आयोडिनको मात्रा परिक्षण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण