अनेरास्ववियुको प्रतिनिधि विवाद टुंगियो
काठमाडौँ– नेकपा (एमाले)को भातृ सङ्गठन (अनेरास्ववियु)को २२औँ राष्ट्रिय सम्मेलनका क्रममा प्रतिनिधि छनोटका विषयमा विवाद टुङ्गो लागेको छ ।
विवाद सहमतिमा समाधान भएपछि नयाँ पदाधिकारी चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । प्रतिनिधिसम्बन्धी सामान्य विवादका कारण आचारसंहिता तय गर्नसमेत ढिला भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको थियो ।
निर्वाचन प्रक्रियाअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया बिहानबाट सुरु हुने सचिव राधिका खतिवडाले जानकारी दिइन् । यसअघि प्रतिनिधि छनोटको विषयमा तीब्र विवाद हुँदा निर्वाचन प्रक्रिया सुरु हुन सकेको थिएन।
सम्मेलनमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नविना लामाले उम्मेदवारी घोषणा गरेका छन् । दुवै समूहले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदान उत्रिने तयारी गरेका छन् । गत बिहीबारदेखि सुरु भएको सम्मेलन विवादका कारण मङ्गलबारसम्म लम्बिएको छ ।
सम्मेलनमा सहभागी प्रतिनिधिका लागि परिचयपत्र वितरण पूरा भएको सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।
आचारसंहितामा उम्मेदवारले निर्वाचन सुरु भएको वरिपरि कुनै पनि प्रचारप्रसार गर्न नपाइने, निर्वाचन प्रभावित पार्ने गरी प्रचार सामग्री वितरण गर्न नपाइने र उम्मेदवारले प्रचारप्रसार सामग्री बनाउँदा ठुल्ठूला पोस्टर छाप्न नपाउने, सामान्य परिचय खुल्ने खालको मात्र प्रचार सामग्री हुनुपर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण