बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भारतीय सीमानजिक ड्युटीमा ढलेका प्रहरीको मृत्यु

सोमबार, ०३ फागुन २०७२, ०८ : ०२
सोमबार, ०३ फागुन २०७२

काँकडभिट्टा– भारतीय सीमानजिक ड्युटीमा खटिएका नेपाल प्रहरीका जवान अर्जुन योञ्जनको शनिबार मध्यराति मृत्यु भएको छ ।

ज्यामिरगढी–८ स्थित सतिघट्टाको ६ नम्बर पोस्टमा खटिएका प्रहरी जवान योञ्जन राति १२ बजे ड्युटीमै रहेका बेला अचानक बेहोस भएर ढलेका थिए । त्यहाँ उनीसँगै अर्का एक प्रहरी जवान र नजिकै सशस्त्र प्रहरीसमेत ड्युटीमा थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीका अनुसार ड्युटीमै ढलेका जवान योञ्जनलाई उपचारका लागि तत्कालै विर्तामोडको बी एन्ड सी हस्पिटल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको ज्ञवालीले जानकारी दिए ।

योञ्जन ३ वर्षअघि मात्र प्रहरी सेवामा प्रवेश गरेका थिए । इलाम जिल्लाको गोदक–१ घर भएका उनको शव परीक्षण जाँचपछि दाहसंस्कारका लागि परिवारले आइतबार शव बुझेर लगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप