बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सञ्चार प्रतिष्ठान समिति संयोजकमा लम्साल

सोमबार, ०३ फागुन २०७२, ०१ : ०४
सोमबार, ०३ फागुन २०७२
काठमाडौँ – क्रान्तिकारी पत्रकार सङ्घ राष्ट्रिय सञ्चार प्रतिष्ठान समितिको आज यहाँ सम्पन्न प्रथम भेलाले राष्ट्रिय समाचार समितिका समाचारदाता रमेश लम्सालको संयोजकत्वमा ३५ सदस्यीय प्रतिष्ठान अधिवेशन आयोजक समिति चयन गरेको छ । सङ्घको भेलाले सहसंयोजकमा गोरखापत्र दैनिकका वासुदेव पोखरेल र रेडियो थाहा सञ्चारकी सन्चु ब्लोनलाई चयन गरेको छ । समितिका सदस्यमा अमरध्वज लामा (रेडियो नेपाल), सुरेश यादव र सरोज ढुङ्गेल (गोरखापत्र दैनिक), सन्तोष धिताल (कान्तिपुर टिभी), डिल्लीराज पोखरेल (एभेन्युज टेलिभिजन), यमन पौडेल (एबिसी टेलिभिजन), समिता लामा र तुलसी सापकोटा (रेडियो नेपाल), डिल्ली भट्टरार्इ (समय सन्दर्भ साप्ताहिक), अजित अधिकारी र वीरेन्द्र ओली (नयाँ पत्रिका दैनिक), कृष्ण गिरी (माउन्टेन टेलिभिजन र मधुसुदन रायमाझी (नेपाल समाचारपत्र) हुनुहुन्छ । यस्तै, अन्य सदस्यमा दीपेन्द्र राई, सुजन पन्त, सुरेन्द्र चालिसे, वासु श्रेष्ठ, रजनी तामाङ, नरेश ज्ञवाली र हरि घिमिरेलगायत हुनुहुन्छ । सङ्घको यही फागुन ७ र ८ गते काठमाडौँका आयोजना गरिने पहिलो राष्ट्रिय अधिवेशनको क्रममा आज प्रतिष्ठानस्तरीय भेलाको आयोजना गरिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप