अनौठो पेनाल्टीसहित बार्सिलोनाको जीतमा सुवारेजको ह्याट्रिक (भिडियो)
सोमबार, ०३ फागुन २०७२, ०९ : ३४
बार्सिलोना – सेल्टाभिगोलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगामा ३ अंकको अग्रता कायम राखेको छ । आइतबार राती सम्पन्न खेलमा बार्सा आफ्नो घरेलु मैदानमा ६–१ गोल अन्तरले विजयी बनेको हो । बार्सिलोनाको जीतमा लुइस सुवारेजले ह्याट्रिक गरे । लियोनेल मेस्सी र सुवारेज मिलेर अनौठो तरिकाले लिइएको पेनाल्टीलाई गोल परिणत गर्दै सुवारेजले आफ्नो ह्याट्रिक पूरा गरे । पेनाल्टी हिर्काउन आएका लियोनेल मेस्सीले बल सिधै पोस्टमा नहानी सुवारेजलाई पास निकालिदिएका थिए । यदी मेस्सीले गोल गरेका भए यो उनको लिगमा ३ सयौं गोल हुने थियो । तर, उनले त्यसलाई ख्याल नगरी सुवारेजका लागि ह्याट्रिकको अवसर सृजना गरिदिए ।
खेलमा बार्साले मेस्सीकै गोलले अग्रता लिएको थियो । अन्य गोल नेयमार र इभान र्याकिटिचले गरे । सेल्टाका लागि एक मात्र गोल जोन गुइडेटीले पेनाल्टी मार्फत गरेका थिए । जीतसँगै बार्सिलोनाले सबै प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई २९ खेलमा पुर्याएको छ । उता, दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले बार्सिलोनमाथि दबाब कायमै राखेको छ । गेटाफेलाई १–० ले पराजित गर्दै एथ्लेटिकोले बार्सिलोनासँगको दुरी ३ अंकमा राखेको छ । एथ्लेटिकोको जीतमा फर्नान्डो टोरेसले एक मात्र गोल गरे । यसअघि रियलले पनि आफ्नो खेल जित्दै तेस्रो स्थानमा कायम रहेको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण