बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रिमियर लिगमा शीर्ष चारको रोमाञ्चक भिडन्त : लिचेस्टर र सिटी पराजित

सोमबार, ०३ फागुन २०७२, ०९ : ५१
सोमबार, ०३ फागुन २०७२

लण्डन – निकै रामाञ्चक खेलमा आर्सनलले १–० ले पछि परेको स्थिति उल्टाउँदै शीर्ष स्थानमा रहेको लिचेस्टर सिटीलाई पराजित गरेको छ । जीतसँगै प्रिमियर लिगको उपाधि होड खुला भएको छ । आर्सनलको घरेलु मैदानमा आइतबार राती भएको खेलमा विवादीत पेनाल्टीको मद्दतले जेम्स भार्डीले लिचेस्टरलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा शुरुवातमा नै ड्यानी सिम्सनले दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि लिचेस्टर १० खेलाडीमा सिमित बनेको थियो । त्यसपछि आर्सनलले लिचेस्टरमाथि निरन्तर दबाब राखेको थियो । खेलको ७० औं मिनेटमा थियो वालकटले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । खेल बराबरीमा सकिन लाग्दा अतिरिक्त समयको अन्तिम मिनेटमा पाएको फ्रिककलाई ड्यानी वेलब्याकले गोलमा परिणत गरेपछि आर्सनल नाटकीय रुपमा विजयी बन्यो । पराजयसँगै लिचेस्टर ५३ अंकमा रोकिएको छ भने आर्सनल ५१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । उता, म्यान्चेस्टर सिटीलाई उसैको गृहमैदानमा पराजित गर्दै टोटनहम हटस्पर्स लिगको दोस्रो स्थानमा रहेको छ । आर्सनलसँग समान ५१ अंक भए पनि गोलअन्तरको आधारमा स्पर्स लिगको दोस्रो स्थानमा रहन सफल भएको हो । स्पर्सलाई जीत दिलाउन ह्यारी केन र क्रिस्टियन एरिक्सनले एक–एक गोल गरे भने सिटीका लागि एक मात्र गोल केलेची इहेनाचोले गरे । सिटी ४७ अंक सहित लिगको चौंथो स्थानमा रहेको छ ।

उता, लिभरपुलले एस्टन भिल्लालाई ६–० गोलअन्तरले पराजित गर्दै लिगको आठौं स्थानमा उक्लिएको छ । लिभरपुलको जीतमा ड्यानियल स्टरिज, जेम्स मिल्नर, एम्रे च्यान, डिभोक ओरिजी, नेथियन स्लाइन र कोलो टुरेले गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप