बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस अधिवेशनः कालिकोट सभापतिमा बम निर्वाचित

सोमबार, ०३ फागुन २०७२, ०६ : ०५
सोमबार, ०३ फागुन २०७२

कालीकोट– नेपाली काँग्रेस कालीकोट जिल्लाको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हर्षबहादुर बम निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाबाट कुल मत २७२ मध्ये बमले १४४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी कालीबहादुर सहकारीले १२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै जिल्ला सचिवमा नन्दबहादुर सिंह विजयी भएका छन् । उपाध्यक्षमा मनराज शाही विजयी भए ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिहरू खुल्लातर्फ मोतीराज बम, मानबहादुर रोकाय, दानबहादुर बम, हिक्मत विष्ट विजयी भएका छन् ।

महिलामा धर्मा शाही, दलितबाट कर्णवीर टमटा, जनजातिबाट भीम लामालगायत ११ जना निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत देवेन्द्र शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप