बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

खुला दिसापिसाव हुने ठाउँमा पहेंलो झण्डा, शौच गर्ने ठाउँमै गएर सिट्ठी

सोमबार, ०३ फागुन २०७२, १३ : ५१
सोमबार, ०३ फागुन २०७२

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका खुला दिसापिसाव हुने ठाउँमा पहेंलो झण्डा गाड्ने कार्य सुरु गरिएको छ ।

ज्वलनशील सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रमअन्तर्गत खुला दिसापिसाव हुने ठाउँको पहिचान गरी पहेंलो झण्डा गाड्ने कार्य सुरु गरिएको हो ।

नगरपालिकाका प्रत्येक वडामा गठन गरिएका सरसफाइ समिति र स्थानीय क्लबका प्रतिनिधिले खुला ठाउँमा हुने दिसापिसावको कार्य रोक्न सो अभियान सञ्चालन गरेको नगरपालिकाका कर्मचारी प्रेमबहादुर विष्टले बताए ।

“वडा क्षेत्रका खुला दिसापिसाव हुने ठाउँको पहिचान गर्ने र त्यस्ता ठाउँका बासिन्दालाई खुला दिसापिसावका कारण हुने सङ्क्रमणबारे जानकारी दिई सचेत पार्ने कार्य हुँदै आएको छ” उनले भने ।

झण्डा गाडिएका क्षेत्रका बासिन्दासँग छलफल, अन्तरक्रिया र बैठकका माध्यमबाट खुला दिसापिसावले पु¥याउने दीर्धकालीन हानीबारे जानकारी गराई शौचालय निर्माण गर्न लगाउने कार्य हुँदै आएको छ ।

सम्झाउँदा बुझाउँदा समेत अटेर गरी खुला ठाउँमा दिसापिसाव गर्ने बासिन्दालाई सरसफाइ समिति र क्बलका पदाधिकारीले शौच गर्ने ठाउँमै गएर सिट्ठी बजाएर र अन्य बासिन्दालाई त्यस ठाउँमा भेला गराएर दबाब समेत दिँदै आएका छन् ।

फागुन मसान्तभित्रै नगरपालिकालाई खुला दिसापिसावमुक्त घोषणा गर्न दबाबमूलक कार्यक्रम सुरु गरिएको हो ।

दबाबमूलक कार्यक्रमअन्तर्गत सरसफाइ परिचयपत्रका आधारमा मात्रै नगरपालिकाले सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । नगरपालिका क्षेत्रमा बासोवास गर्ने सात हजार घरघुरीमध्ये चार हजार घरघुरीले मात्रै शौचालय निर्माण गरी प्रयोग गर्दैआएका छन् ।

शौचालय नभएका तीन हजार घरघुरीका बासिन्दाको शौचालय निर्माणमा पहुँच पु¥याउन सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप