बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एनएमबि बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न

सोमबार, ०३ फागुन २०७२, १७ : ४४
सोमबार, ०३ फागुन २०७२

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारण सभा सोमबार नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ । साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७१/७२ को वितरण योग्य नाफाबाट शेयरधनीहरुलाई मर्जर पश्चातको चुक्तापूँजीको ८ प्रतिशत बोनश शेयर र ०.४२ प्रतिशत लाभांश (कर प्रयोजनार्थ नगद लाभांश) वितरण गर्ने पारित गरेको छ । बैंकले अन्य मर्ज भएका बैंक तथा वित्तीय संस्थाहरुको आ.व.२०७१/७२ को मूनाफालाई संचित गरि राखिएको समेत जानकारी गराएको छ ।

साथै बैंकको २० औं साधारण सभाबाट पवन कुमार गोल्याणको अध्यक्षताको निरन्तरता दिँदै निर्विरोध नयाँ संचालक समितिको चयन गरेको छ । जसमा संस्थापक शेयरधनीको तर्फबाट पवन कुमार गोल्याण, मनोज कुमार गोयल, रोमणीप्रसाद पाठक, कर्मचारीे संचयकोष र एफएमओ नेदरलयाण्डस् र सर्वसाधारण शेयरधनीतर्फबाट कमलेश कुमार अग्रवाल, हरिश्चन्द्र सुवेदी, हरिबाबु न्यौपाने चयन गरिएको छ ।

पूँजीगत आधार सुदृढ गर्ने उद्धेश्यले बैंकले आर्थिक वर्ष २०७०/७१ मा ऐतिहासिक मर्जर सम्पन्न गरेको थियो भने मलेशियामा समेत सम्पर्क कार्यालय खोलेको थियो । पौष २०७२ को अन्त्यसम्ममा बैंकको कूल निक्षेप रु.५२.४८ अर्ब कूल कर्जा र कूल कर्जा रु ४४.०६ अर्व रहेको छ । हाल बैंकको ६९ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ४४ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप