बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

१२ औं साग : तेक्वान्दोमा चार रजत

सोमबार, ०३ फागुन २०७२, १७ : ५०
सोमबार, ०३ फागुन २०७२
गुवाहाटी – भारतमा जारी १२ औं साग अन्तर्गत मंगलबार तेक्वान्दोमा नेपालले थप ४ रजत पदक जितेको छ । नेपालका आयशा शाक्य, निमा गुरुङ, सक्षम कार्की र बिरबहादुर महराले रजत जितेका हुन् । फाइनलमा भारतीय खेलाडी मार्गेरितो रेगीसँग सडेन डेथमा पराजित भएकी आयशा शाक्यले रजत पदकमा चित्त बुझाईन् । निर्धारित समयसम्म ६÷६ अंक भएर बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा भारतीय खेलाडी रेगीले थप ३ अंक बटुल्दै आयशालाई ९÷६ ले पराजित गरिन् । रेगीले सो स्पर्धामा स्वर्ण जितिन् । आयशाले पहिलो राउण्डमा बंगलादेशी र सेमीफाइनलमा भुटानलाई पराजित गरेकी थिइन् । तेक्वान्दोकै महिला ५३ केजी तौल समूहमा निमा गुरुङले पनि रजत जितिन् । भारतकी लतिका भण्डारीसँग १६÷८ ले पराजित हुँदै उनले रजत पदक जितेकी हुन् । पुरुष ८० केजी तौल समूहमा सक्षम कार्कीले रजत जिते । फाइनलमा भारतीय खेलाडी नवजीत म्यानसँग ७÷१ ले पराजित भएपछि उनी रजतमा सिमीत भएको हुन् । तेक्वान्दोकै पुरुष ६३ केजी तौल समूहमा बिरबहादुर महराले रजत जिते । फाइनलमा अफ्गानी खेलाडी अहमद अली बक्सीसँग पराजित हुँदै उनले पनि रजतमा चित्त बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप