शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मलेसियाबाट छोरालाई उद्धार गरिदिन अपिल

बिहीबार, २७ फागुन २०७२, १६ : ५०
बिहीबार, २७ फागुन २०७२
क्वालालम्पुर–मलेसिया प्रहरीको हिरासतमा रहेका जाजरकोटका राम बहादुर बस्नेतलाई उद्धार गर्दिन परिवारजनले सबैमा अपिल गरेको छ । जाजरकोट साल्मा ५ सोडरीमा खेतीपाती गर्ने बस्नेतका बाबु र आमाले छोराको उद्धारका लागी पहल गर्दिन अपिल गरेका हुन । कमाउन भनी मलेसिया गएको छोरो अचानक प्रहरीको फन्दामा परेपछि बस्नेत परिवार चिन्तीत बन्न पुगेको हो । २१ बर्षिय बस्नेत गत जनवरी १० तारीखमा पक्राउ परेका हुन । काजाङको कुसुम भन्ने ठाउंबाट पक्राउ परेका बस्नेतलाई स्थानिय महिलामाथी अभद्र ब्यबहार गरेको आरोप लगाईएको उनी संगै काम गर्ने गोपाल थापाले जानकारी दिए । मदिरा लागेर ज्यान धान्न नसकेका बस्नेत महिलासंग ठोक्किन पुग्दा यस्तो आरोप खेप्नु परेको प्रत्यक्षदर्शी थापा बताउंछन । भाई पक्राउ परेको दुई महिना भैसक्यो , कहां छ उ माथी कस्तो मुददा लगाईएको छ वा के हुदैछ भन्नेबारे आफुहरु अनभिज्ञ भएको घरमै रहेका दाजु दिपक बस्नेतले बताए । राम बहादुर सेलाङगर राज्यको एलबि आल्मुनियम कम्पनिमा काम गर्दथे । बस्नेतको तीन बर्ष पुरा हुन तीन महिनामात्र बांकी हुदा उनी पक्राउ परेका हुन । बस्नेतलाइ प्रहरीले कहा कस्तो अबस्थामा राखेको छ भन्नेबारेमा कम्पनिले समेत चासो दिएको छैन । कसरी परे पक्राउ < छुट्टिको दिन जनवरी १० तारीखमा साथीभाईसंगै बाहीर निस्केका बस्नेत मदिरा सेवन गर्न पुगे । होस्टल फर्कने क्रममा स्थानिय एक महिलासंग बाटोमा भेट भयो। ज्यान धान्न नसकी रहेका बस्नेत डिजी सिमकार्ड बिक्री गर्दै हिडेकी तिनै स्थानिय महिलासंग ठोक्किन पुगे । संगै रहेका अन्य साथीहरुले महिलासंग माफी मागे तर उनि मानीनन् । उन्ले प्रहरीमा खबर गरीन, प्रहरी आएर बस्नेतलाई लग्यो । यस बाहेक संगैकाम गर्ने साथीहरुसंग पनि अन्य कुनै जानकारी छैन् । महिलाले प्रहरी समक्ष आफु माथि बलात्कारको प्रयास गरिएको आरोप लगाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप