शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ग्याँस कालोबजारी गर्ने कर्माचार्य ११९ वटा सिलिण्डरसहित पक्राउ

बिहीबार, २७ फागुन २०७२, १६ : ५६
बिहीबार, २७ फागुन २०७२

काठमाडौं– १४ सय ५० रुपैयाँ पर्ने ग्याँस १५ सय रुपैयाँमा बेचेर कालोबजारी गरिरहेको अभियोगमा बानेश्वर प्रहरीले एक बिक्रेतालाई नियन्त्रणमा लिएको छ । काठमाण्डौ ३४ कार्यस्वरको कर्माचार्य सप्लायर्सका सञ्चालक धन बहादुर कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उपभोक्ताको उजुरीका आधारमा उनले १५ सय रुपैयाँमा विक्री गरीरहेका १ सय १९ थान ग्याँस सिलिण्डरसहित पक्राउ गरीएको बानेश्वर प्रहरी बृत्तका डिएसपि नारायण प्रसाद चिमोरीयाले बताए । ‘उपभोक्ताको सूचनाका आधारमा त्यहाँ पुग्दा १५ सय रुपैयामा सिलिण्डर बेचिरहेको भेटियो’ उनले भने ‘सिलिण्डर र सञ्चालकलाई नियन्त्रणमा लिएका छौँ ।’

बरामद सिलिण्डरमा बाबाका ३६ र श्री ग्याँसका ८३ थान छन् । कर्माचार्यालाई कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाईने उनले बताए । कर्माचार्यले आफूले ल्याउँदा भाडा बढी लागेकोले उक्त रकम लिएको भन्दै महंगो रकम असुलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप