शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फेरि खुमबहादुर खड्काको झिनो अग्रता, कसले कति भोट ल्याए (सूचिसहित)

बिहीबार, २७ फागुन २०७२, १७ : १३
बिहीबार, २७ फागुन २०७२

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रिय समितीको खुल्लातर्फको ३५३ मत गणना सकिएको छ । २५ जना निर्वाचित हुने केद्रिय सदस्य पदमा पुर्व गृहमन्त्री खुमबहादुर खड्काको अग्रता गरेका छन् । पुर्व महामन्त्री प्रकाशमान सिंह दोस्रो स्थानमा रहेका छन् ।

निर्वाचन समितीका सदस्य गोपाल कृष्ण घिमिरेका अनुसार ९० जना उम्मेद्वारका एक–एक जना प्रतिनिधीलाई देखाएर मतगणना गर्नुपर्ने हुँदा ढिलाई भएको जानकारी दिए । ३,१४८ मत मध्ये समाचार तयार पार्दासम्म मात्र ३ सय ५३ मत गनिएको छ । आज मत गणनाको दोस्रो दिन हो ।

कसले कति मत ल्याए ? १. खुम बहादुर खड्का – २१४ २. प्रकाशमान सिंह – २१३ ३. विमलेन्द्र निधी –१९९ ४. प्रदिप गिरी – २०० ५. प्रदिप पौडेल – २०१ ६. महेश आचार्य – १९० ७. बालकृष्ण खाँण – २०० ८. पूर्ण बहादुर खुड्का –१८७ ९. डा. शेखर कोइराला –२०५ १०. शंकर भण्डारी – १७५ ११. मिनेन्द्र रिजाल – १६८ १२. प्रकाश शरण महत १७७ १३. रमेश लेखक – १८७ १४.डा. नारायण खड्का – १६० १५. बल बहादुर केसी – १७० १६. राम शरण महत – १७८ १७. विश्व प्रकाश शर्मा – १८१ १८. ज्ञानेन्द्र कार्की – १५९ १९. एन पि साउद – १५६ २०. चन्द्र भण्डारी – १६२ २१. धनराज गुरुङ – १७७ २२. सुजाता कोइराला – १७७ २३. उदय शमरेश राणा – १४२ २४. बद्री पाण्डे – १५८ २४. कुल बहादुर गुरुङ – १८७ २५. गोविन्द पोखरेल – ११३ २६. गोपालमान श्रेष्ठ – १७१ २७. महालक्ष्मी उपाध्याय – १४९ २८. जिप छिरिङ लामा १४९ २९. रामहरि खतिवडा १११ ३०. मनमोहन भट्टराई १३८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप