शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ज्ञापनपत्र बुझाउने मोर्चाका नेताहरुलाई प्रमले भने, ‘म पनि मधेसी हुँ, मिलेर टुंगाऔं’

शुक्रबार, २८ फागुन २०७२, १० : ५२
शुक्रबार, २८ फागुन २०७२

काठमाडौं – आन्दोलन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार बिहान अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएका छन् । मधेसको मागप्रति सरकार गम्भिर नभएको भन्दै मोर्चाले आन्दोलनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको हो । मोर्चाको बिहबार बैठकले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । त्यही अनुरुप मोर्चाका नेताहरु शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए । मोर्चाका नेताहरुले बुझाएको ज्ञापनपत्र लिँदै प्रम ओलीले छलफल गरेर टुंगाउन मिल्ने विषयमा ज्ञापनपत्र दिइराख्न आवश्यक नरहेको जिकिर गरेका थिए । ‘तपाईंहरुले किन लिखित रुपमा ज्ञापनपत्र दिइराख्नुपर्यो ? हामी छलफल गरेर यो विषय टुंग्याउन सकिन्छ । अब धेरै विषयमा विवाद छैन । बसौं छलफल गरौं र समाधान निकालौं,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै राष्ट्रिय मेधस समाजवादी पार्टीका प्रवक्ता केशव झाले भने । प्रधानमन्त्री ओलीले आफू पनि मधेसकै वासिन्दा भएको भन्दै मधेसको समस्याप्रति आफू गम्भिर रहेको कुरा मोर्चाका नेताहरुलाई सुनाएका थिए । ‘प्रधानमन्त्रीले आफ्ना सहयोगीहरुलाई देखाउँदा वहाँहरु पनि मधेस कै हुन् । म पनि मधेसकै हुँ भन्नुभयो,’ झाले रातोपाटीलाई बताए । प्रधानमन्त्रीले आज साँझ साढे ६ बजे छलफलका लागि बोलाएको पनि उनले जानकारी दिए ।

आज दिउँसो २ बजे बस्ने बैठकमा ज्ञापनपत्रको बारेमा फागुन २४ गते मधेशी मोर्चाको सचिवालय बैठक बसि ज्ञापनपत्रको खाका तयार गरेको थियो । शिहिबार शीर्षस्थ नेताको बैठकले त्यसलाई अन्तिम रुप दिएका हुन् । आन्दोलनमा राज्यको तर्फबाट भएको दमनबारे छानविन गर्न उच्च स्तरीय छानविन आयोग बनाउनुपर्ने, आन्दोलनमा मृत्यू भएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेलाई निशुल्कको उपचार गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुलगायत मधेशी मोर्चाले शुरुदेखि उठाउँदै आएको ११ बुँदे माग पूरा हुनुपर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप