शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मरुभूमिमा बाढीको आपत : दुबईमा २ सय ५७ वटा सडक दुर्घटना, ओमानमा तीनको मृत्यु

बिहीबार, २७ फागुन २०७२, १९ : ४८
बिहीबार, २७ फागुन २०७२
युएई – युएईमा बुधबार मौसम अचानक बदलियो । सँधै सुख्खा रहने मरुभूमि रहेको यस क्षेत्र आँधी र भारी वर्षाका कारण जलमग्न भयो । सडक नदीमा बदलियो । स्थिति यति खराब भयो कि हालत यति खराब भयो कि बिहिबार स्कुल विदाको घोषणा सरकारले गर्नुपर्यो । दुबईमा मात्रै ७ घण्टाभित्र २ सय ५७ वटा सडक दुर्घटनाको समाचार आयो । ओमानमा तीनको मृत्यु युएइमा बुधबार बिहान ११ बजेपछि मौसम परिवर्तन भएको थियो । ठूलो आँधी चल्यो र त्यसपछि भारी वर्षा भयो । केही घण्टापछि सडकमा पानीमात्रै देखियो । रातीसम्म हालत निकै खराब भयो र सरकारले बिहिबारका लागि स्कुल बन्द गर्ने घोषणा गर्यो । युएईको जस्तै मौसममा खराबी ओमान पनि देखियो । यहाँ वर्षा र आँधीका कारण तीनको मृत्यु भयो । अबुधावीमा स्टक मार्केट बन्द रियो । यहाँ रहेका पामका रुख भाँचिएर सडकमा ठोक्किए । अहिले अबुधाबीमा उड्ययन प्रभावित भएको छ । थुप्रै फ्लाईटस्हरु स्थगित छन् । स्थानिय मिडियाका अनुसार तूफानका कारण थुप्रै एयरक्राफ्ट बिग्रिएका छन् । पुरै जाँचपछि मात्रै विमानहरुलाई उडान भर्न दिइनेछ । दुबईमा भारी वर्षाका कारण २ सय ५७ वटा सडक दुर्घटना भारी वर्षाका कारण दुबई अस्तव्यस्त बनेको छ । १ सय २६ किलोमिटर प्रतिघण्टाको तिव्र बेगमा आँधी आएपछि भारी वर्षा भएको थियो । सडकमा चार फिटसम्म पानी भरिएको छ । अल सुहेबमा सबैभन्दा धेरै २ सय ४० क्यूबिक मिलीमिटर वर्षा भएको छ । वर्षाका कारण प्रकाश कम हुदाँ सात घण्टाभित्र २ सय ५७ वटा सडक दुर्घटना भए । यसक्रममा पुलिसलाई ३२ सयवटा गुनासो फोनमार्फत आयो । बिहिबार सुध्रियो हालत युएईमा बिहिबारबाट मौसम सामान्य हुन थालेको छ । अबुधाबीको धेरै क्षेत्रमा टाफिक व्यवस्था सामान्य भएको छ । मौसम विभागका अनुसार आकाश सफा हुनेछ र अब वर्षा हुनेछैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप