कंगना भन्छिन् : म जन्मेकोमा बाबुआमा दुःखी थिए
मुम्बाई – भारतको एक चर्चित पत्रिकाले बलिउड अभिनेत्री कंगना रनावत र उनकी दिदी रंगोलीको तस्विर आफ्नो कभरमा छाप्यो । महिला दिवसको अवसरमा उक्त म्यागेजिनले आफ्नो नयाँ अंक लन्च गरेपछि भएको अन्तरक्रियामा कंगनाले आफू जन्मेपछि बाबु आमा खुसी नभएको खुलासा गरेकी छिन् । उनका अनुसार दिदी जन्मदा घरमा खुसीयाली थियो । तर दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि बाबुआमा निकै दुःखी भए । उनलाई बाबु आमाको इच्छाबिनै जन्मिएको ‘अनवान्टेड चाइल्ड’ मानिन्थ्यो । एसिड प्रकरणजस्तो दर्दनाक परिस्थिती सामना गरेपछि नयाँ ढंगबाट जीवन जिउन चाहने दिदी रंगोलीको जीवनीमा उनी बायोपिक बनाउन चाहन्छिन् । कंगनाले अरुणान्चल प्रदेशमा पछिल्लो समय रंगून चलचित्रको सुटिंग चल्दै गर्दा दिदी रंगोलीको जीवनीमा चलचित्र बनाउने योजना फुरेको बताइन् । रंगून चलचित्रमा कंगनाको पनि अभिनय छ । कंगनाले दिदी रंगोलीलाई उनको जीवनीमा कथा लेख्ने बताइएकी छिन् । चलचित्रमा रंगोली र आफू दुबैको भूमिका कंगानाले नै निभाउनेछिन् । यसै सम्बन्धमा जिस्कदै दिदी रंगोलीले चलचित्र फ्लप हुने बताएकी छिन् । कंगनाले रंगोलीको जीवनी आफ्नोभन्दा कैयन गुणा हेर्नलायक रहेको बताएकी छिन् । कभर लन्च कार्यक्रममा कंगनाका भाई अक्षत र भिनाजू अजय चन्देल पनि उपस्थित थिए । कार्यक्रमका दौरान कंगनाले रंगोली र अजयको प्रेमप्रसंगका विषयमा थुप्रै कुराहरु शेयर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण