सिंगापुर विश्वकै महंगो शहर
सिंगापुर – सिंगापुर फेरि एकपटक विश्वकै महँगो शहरमा दर्ज भएको छ । तर विश्वभरका शहरहरुको महँगीको दरमा व्यापक फेरबदल भइसकेको अनुसन्धाकर्ताहरुले जनाएका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट इआइयूले ज्युरिच, हंगकंग, जेनेभा र पेरिसभन्दा सिंगापुर महँगो शहर रहेको निष्कर्ष निकालेको हो । यस सूचिमा लण्डन छैटौ र न्युर्योक सातौं स्थानमा छन् । संसारकै सस्तो शहरमध्येमा जाम्बियाको राजधानी लुसाका तथा भारतको बैंगलोर र मुम्बई छन् । महगीँमा फेरबदल इआइयूले न्युर्योकमा जीवनयापनका लागि लाग्ने खर्चलाई आधार मान्दै त्यससँग अन्य शहरको तुलना गरेर यो सूचि सार्वजनिक गरेको हो । सिंगापुर विश्वकै महगोँ शहर भएपनि यहाँ बस्न लाग्ने खर्च न्यूर्योकको तुलनामा १० प्रतिशतले सस्तो रहेको एक वर्षअघि इआइयूकै सर्वेक्षणले देखाएको थियो । अमेरिकी डलरको बढ्दो भाउका कारण यस वर्ष महंगीको दरमा विश्वभर व्यापक फेरबदल देखिएको इआइयूले जनाएको छ । यस सर्वेका सम्पादक जोन केपस्टेक भन्छन् ः पछिल्ला १७ वर्ष यस सर्वेमा आबद्ध हुदाँ मैले २०१५ मा जस्तो व्यापक फेरबदल अन्य वर्षमा देखिन । यो सूचिमा विश्वकै सस्तो शहरमध्येका १० मध्ये ५ शहर भारत र पाकिस्तानका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण