शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रुसी आर्किटेक्टले बनाए ‘कोब्रा टावर’

बिहीबार, २७ फागुन २०७२, २० : २३
बिहीबार, २७ फागुन २०७२
(एजेन्सी) रुसी आर्किटेक्ट भासिली कलक्यिूले कोब्रा शैलिको कलात्मक टावरको डिजाईन बनाएका छन् । कोब्राको टाउको रहेको माथिल्लो भागमा नाइटक्लब सञ्चालनमा हुनेछ । यि डिजाईनरले यस्तै डिजाइनमा मध्यपूर्वमा टावर बनाउने योजना बनाएका छन् । यस डिजाईअनुसार टावरको माथिल्लो भागमा कोब्राको टाउको हुनेछ । कोब्राले मुख खुला गरेको हुनेछ । उनले माथिल्लो भागको कोब्राको मुख खुला रहेको भागमा ट्यारेस वा नाइटक्लब रेस्टुरेण्ट राख्ने किसिमको डिजाईन गरेका छन् । यस डिजाईनलाई उनले एशियन कोब्रा टावर नाम दिएका छन् । उनको यो शैलीको नक्साबाट थप्रै व्यापारी तथा बैँकरहरु प्रभावित भएका छन् । उनले एसियामा सर्पलाई नैतिकताको प्रतिक मानिने भएका कारण यस टावरलाई मध्यपूर्व वा एशियाको अन्य कुनै शहरमा खडा गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप