विश्वकै महंगो खेलाडी बेल र फाटेको मोजा
म्याड्रिड – विश्वकै महंगो खेलाडी ग्यारेथ बेल विश्वकै धनी क्लबमध्ये एक रियल म्याड्रिडबाट खेलिरहेका छन् । तर मैदानमा उनलाई देख्नेहरु त्यतिबेला छक परे जतिबेला उनी च्यातिएको मोजा लगाएर मैदान खेलिरहेका थिए । बर्नाबाउ रंगशालामा बेल भ्वांग परेको मोजामा देखिए । फेसनका लागि उनले फाटेको मोजा लगाएका होइनन्, न त रियाल म्याड्रिडले नै आफ्नो किटमा सम्झौता गरेको हो । वेल्सका स्टार खेलाडीले यस सिजन चोटले निकै सताएपछि चोटबाट मुक्ती खोज्न आफ्नो मोजा काट्ने उपाय निकालेका हुन् । यस सिजन बेलले दुई महिना खुट्टाकोे चोटका कारण मैदान बाहिरै रहनुपर्यो । अहिले उनले चोट लागेको क्षेत्रमा मोजा काटेर दुखाईमा कमी ल्याउने उपाय अपनाएका हुन् । यसअघि शनिबार ला लिगामा सेल्टा भिगो विरुद्धको खेलमा २६ वर्षिय बेलले बेन्चबाट आएर खेले । त्यतिबेला उनको मोजा फाटेको थियो । यस सिजन बेलको देब्रे काल्फमा दुईपटक तथा दाहिने काफमा एकपटक चोट लागिसकेको छ । यसरी फाटोको मोजा लगाउँदा चोट लागेको स्थानमा धेरै प्रेसर नपर्ने उनको विश्वास छ । उनले नयाँ उपाय अपनाएपछि आफू फिट हुने आशा राखेका छन् । उनी अभ्यासका क्रममा पनि चोट लागेको खुट्टाको क्षेत्रमा भार नपर्नेगरी च्यातेर मोजा लगाउँछन् । चोटमा यस्तो कामले खासै असर नगरेपनि बेललाई मनोवैज्ञानिक रुपमा भने काटेको मोजा लगाएर खेल्दा फाइदा पुग्ने दाबी विश्लेषकहरुको छ । सेल्टा भिगो विरुद्ध ७–१ को जीत दर्ता गरेपछि रियाल म्याडिड टिभीसँगको कुराकानीमा बेलले भनेका छन् : मेरा लागि पछिल्ला ५ वा ६ हप्ता निकै तनावग्रस्त समय रह्यो । मैदान फर्किन पाउनु र गोल गर्नु निकै ठूलो विषय हो । मेरा लागि त्योभन्दा खुसीको विषय महत्वपूर्ण ३ अंक हासिल गर्नु हो । रियाल म्याडिड्रका प्रशिक्षक जिदानले बेलले मोजा काटेको सम्बन्धमा खास प्रतिक्रिया दिएनन् । उनले भने – यो उनको आफ्नै विषय हो । उनी खेल्न तयार छन् । त्यो महत्वपूर्ण विषय हो । बेलले यस सिजन रियाल म्याड्रिडबाट २२ खेल खेल्दै १६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण