शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उत्तर कोरियासँगको तनावपछि अमेरिकाले पठायो बि २ बम्बर

बिहीबार, २७ फागुन २०७२, २० : ३१
बिहीबार, २७ फागुन २०७२

सियोल – अमेरिकाले उत्तर कोरियासँग बढ्दो तनावपछि एशिया प्यासेफिक क्षेत्रमा तीनवटा अत्याधूनिक बि २ बम्बरहरु पठाएको जनाएको छ । सम्भावित उत्तर कोरियाली हमलालाई मध्य नजर गरेर अमेरिकाले ति बम्बरहरुलाई पठाएको जनाएको हो । बुधबार अमेरिकी रणनीतिक कमाण्डले यसको घोषणा गरेको छ । यो कमाण्ड अमेरिकाको न्यूक्लियर फोर्स हेर्ने आधिकारीक निकाय हो । बि टू बम्बर परमाणु हतियार प्रहार गर्न र समुद्रमा निशाना बनाएर बिस्फोट गराउन सक्षम सैन्य एयरक्राफ्ट हो । प्यासेफिक एयरफोर्सका कमाण्डर जिन लोरी जे रोबिनसनले विज्ञप्ती जारी गर्दै भनेका छन् : ‘रणनीतिक बम्बर अपरेशनले समयमा शक्ती देखाउन सक्ने हाम्रो क्षमतालाई प्रस्तुत गर्नेछ । हाम्रो क्षेत्रिय गठबन्धन तथा सहयोगिहरुसँगको सहकार्यमा यसले काम गर्नेछ । अहिलेको अवस्थामा इन्डो एशिया प्यासेफिक क्षेत्रमा निरन्तर रुपमा यसरी हवाई क्षमता देखाउन आवश्यक छ ।’ रणनीतिक कमाण्डले अस्ट्रेलियन आर्मीसँग मिलेर अपरेशनका क्रममा तयारी बम्बरहरुले तयारी गर्ने बताएको छ । उत्तर कोरियासँग बढ्दो तनावका बीच एशियामा आफ्नो शक्ती देखाउनका लागि अमेरिकाले यस्तो उपाय अपनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि दक्षिण कोरियासँग मिलेर अमेरिकाले ठूलो संख्यामा सैनिक तालिम गरेपछि उत्तर कोरियाले अमेरिकामाथि न्यूक्लियर हमाला गर्ने चेतावनी दिएको थियो । रणनीतिक कमाण्डले बम्बरहरुले कहाँबाट अपरेशन गर्छन् र कति समयसम्म यो अपरेट हुन्छ भन्ने जानकारी दिन भने इन्कार गरेको छ । बुधबार जारी विज्ञप्तीमा भनिएको छ : गठबन्धन तथा सहयोगी एयरफार्सहरुसँग मिलेर यसले इन्डो एशिया प्यासेफिक क्षेत्रमा तयारी गर्नेछ । युएस एयर अपरेशन सेन्टरसँग यो निरन्तर सम्पर्कमा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप