युरोपा लिग : कमजोर युनाइटेडमाथि लिभरपुलको जित, टोटनहम स्तब्ध
लिभरपुल – युरोपा लिगको अन्तिम १६ अन्तरगतको पहिलो लेगमा लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ । बिहिबार राती लिभरपुलको घरेलु मैदानमा लिभरपुलले २–० को जित निकालेको हो । निकै कमजोर प्रदर्शन गरेको युनाइटेडमाथि जर्गन क्लपको टोलीले खेल अवधिभर दबाब राख्यो । युरोपको प्रतियोगितामा पहिलो पटक दुई टोली भिडेको हो । लिभरपुललाई जित दिलाउन ड्यानियल स्टरिजले खेलको २० औं मिनेटमा अग्रता दिलाए भने खेलको दोस्रो हाफमा रोबर्टो फर्मिन्होले १७ मिनेट बाँकी छँदा दोस्रो गोल थपे । फर्मिन्होको यो लगातार तीन खेलमा तेस्रो गोल हो । युनाइटेडका गोलकिपर डेभिड डिगेयाले लिभरपुलको धेरै प्रयास विफल बनाएका थिए । उनी नभएको भए युनाइटेड अझै पछि पर्ने थियो । युनाइटेडले यति कमजोर प्रदर्शन गर्यो, खेल अवधिभर लिभरपुलको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो । दोस्रो लेग १७ मार्चमा ओल्ड ट्राफोडमा हुनेछ । उता, प्रिमियर लिगलाई ध्यानमा राख्दै दोस्रो रोजाईको टोली उतारेको टोटनहम हटस्पर्स जर्मन क्लब बोरुसिया डर्टमण्डसँग स्तब्ध बनेको छ । पहिलो लेगमा स्पर्स ३–० ले पराजित बनेको हो । डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा पियरे एमरिक अम्बामेयाङले एक तथा मार्को रियसले दुई गोल गरे । लिगको दोस्रो स्थानमा रहेको टोटनहमले प्रिमियर लिगलाई प्राथमिकतामा राख्दै दोस्रो रोजाईको खेलाडी उतारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण