ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
जुम्ला - चन्दननाथ नगरपालिका वडा नं १३ नजिकको उठिले भन्ने स्थानमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्र्याक्टर दुर्घटनामा चन्दननाथ नगरपालिका–१ का ट्र्याक्टर सहचालक २५ वर्षीय अमर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जानकारी दिएको छ । बालुवा लिएर आउँदै गरेको ट्र्याक्टर आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको हो । सदरमुकामभन्दा साढे तीन किमी दूरीमा रहेको कर्णाली राजमार्गमा दुर्घटना भएको ट्र्याक्टर सडकबाट १५ फिट तल खसेको बताइएको छ । घाइते हुनेहरुमा चन्दननाथ नगरपालिका–९ का हरिचन्द्र रावल, वडा नं ७ का दिनेश शाही, चन्दननाथ–२ का बलवीर विक रहेका छन् । घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार भइरहेको उपचारमा संलग्न डा अर्जुनप्रसाद तिवारीले जानकारी दिए । घाइते तीनमा रावलको अवस्था गम्भीर रहेको डा तिवारीले जानकारी दिए । घटना कसरी भएको हो भन्ने अहिले नै थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण