शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

११ वर्षदेखि अस्ट्रेलियामा बेपत्ता बनेका छोराको पखाईमा पिता

शुक्रबार, २८ फागुन २०७२, १० : २७
शुक्रबार, २८ फागुन २०७२
काठमाडौं – रामचन्द्र देवकोटाले विगत ११ वर्षदेखि आफ्नो छोराको स्वर सुन्न पाएका छैनन् । १५ वर्षअघि अध्ययनका लागि अस्ट्रेलिया पुगेका रुपचन्द्र देवकोटा (रुपक) लामो समयदेखि परिवारको सम्पर्कमा छैनन् । अस्ट्रेलियाबाट फर्केका जोकोहीलाई भेट्दा उनी आफ्नो छोराको बारेमा सोध्न भ्याइहाल्छन् । रामचन्द्रका अनुसार १७ वर्षको उमेर रुपचन्द्र पढ्का लागि अस्ट्रेलियाको सिड्नी हानिएका थिए । त्यसपछि केही वर्ष सम्पर्कमा रहेका उनी एकाएक सम्पर्कविहिन बने । रुपचन्द्र अहिले जिवित छन् या छैनन् भन्ने पनि थाहा छैन उनलाई । चितवनका बासिन्दा रामचन्द्र अहिले बन्दीपुर बसाईंसराई गरेका छन् । अहिले रुपचन्द्रलाई खोज्न समाजिक सञ्जालमा अभियान नै चलाइएको छ । अभियानताकै आग्रहमा यो समाचार तयार पारिएको हो । ताकि उनलाई चिन्ने कसैले उनको बारेमा केही जानकारी प्रदान गर्न सकून् । रुपचन्द्र ‘रुपक’ को बारेमा केही जानकारी भए । सम्पर्कका लागि डिस्कवरी न्युज नेटवर्कको कार्यालयको फोननम्बर ९७७–१–५५४७७५० वा रातोपाटी डटकमको वेभसाइटमा उल्लेखित इमेलमा सम्पर्क गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप