मधेसबारे आफ्नो प्रतिबद्धता पूरा गर्न उपेन्द्रको देउवालाई आग्रह
मोरङ - सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई मधेसको माग सम्बोधन गर्न भूमिका खेल्न आग्रह गरेका छन् । उनले मधेसका मुद्दा सम्बोधन गर्ने विषयमा देउवाले गरेको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका हुन् । उनले काँग्रेसको महाधिवेशनबाट आएको नेतृत्वले मधेस समस्या समाधान गर्ने कुरालाई आफूले सकारात्मक रुपमा लिएको बताए । बिहीबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेसका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर नभएको बताए । मधेसको मुद्दाप्रति सरकार गम्भीर नभए चैतको पहिलो हप्तादेखि आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।
अध्यक्ष यादवले अझै पनि समय रहेकाले आन्दोलनअगावै मधेसको मुद्दा सम्बोधन गर्न मुख्य दलहरुलाई आग्रहसमेत गरे । सीमाङ्कन, सङ्घीयताको स्वरुप तथा प्रदेशको क्षेत्राअधिकारलगायतका विषय मोर्चाको मुख्य माग रहेको उनले बताए ।
अध्यक्ष यादवले मधेसको उचित मुद्दा तथा राष्ट्रका सवाललाई सम्बोधन गरेर मुलुकलाई निकास दिन सबै लाग्नुपर्ने बताए । उनले जनताको चाहना र भावनाअनुसार मधेसको मुद्दा सम्बोधनमा सहज होस् भन्ने उद्देश्यले आन्दोलनको स्वरुप परिवर्तन गरेको बताए । मधेसको मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाने कुरा असम्भव रहेको पनि उनले बताए ।
मधेसको मुद्दा नमिलेसम्म जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि मधेसी मोर्चा सहभागी नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण