शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गाडीबाट त्रिशूली नदीमा खसेका सहचालक मृत फेला

शुक्रबार, २८ फागुन २०७२, १० : ४२
शुक्रबार, २८ फागुन २०७२

रत्ननगर (चितवन) - गाडीको ढोकाबाट खसेर त्रिशूली नदीमा बेपत्ता एक व्यक्ति बिहिवार मृत फेला परेका छन् । फागुन २२ गते मुग्लिङ–नारायगणगढ सडकखण्डअन्तर्गतको चञ्डिभन्ज्याङ–६ मा बसको ढोकाबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका नवलपरासी रामनगर निवासी बसका सहचालक लक्ष्मण अर्यालको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिङको प्रहरी टोलीले बिहीबार चञ्डिभन्ज्याङ–६ स्थित त्रिशूली नदी किनारमा सहचालक २५ वर्षीय लक्ष्मण अर्याललाई मृत अवस्थामा फेला पारेको जनाइएको छ । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ८२८३ नंको बसको ढोकाबाट अर्याल खसेका थिए । २२ गतेदेखि नै उनको अवस्था अज्ञात थियो । अहिले शव परीक्षणका लागि भरतपुर अस्पातालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप