नेपाल एसिडीको सदस्य
शुक्रबार, २८ फागुन २०७२, १० : ४४
काठमाडौँ - नेपाल एसिया सहयोग संवाद् (एसिडी) संस्थाको ३४आँैं सदस्य राष्ट्र भएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा भएको १४आँै मन्त्रीस्तरीय बैठकले नेपालको सदस्यताका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका छन् । सो अवसरमा उपप्रधानमन्त्री थापाले नेपाल पान–एसियन अङ्गको सदस्य भएकामा खुसी प्रकट गर्दै नेपालले एसिडीलाई प्रभावकारी संस्था बनाउन अन्य सदस्यसँग रचनात्मक ढङ्गले मिलेर काम गर्ने बताउनुभएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । बैठकले निकटता, विज्ञान र प्रवत्र्तन, शिक्षा र मानव संसाधन विकास, खाद्य ऊर्जा र जलसुरक्षाको अन्तरसम्बन्ध, संस्कृति र पर्यटन तथा समावेशी र दिगो विकासका लागि पहुँच प्रवद्र्धनजस्ता छ प्राथमिक विषयका प्रस्तवलाई स्वागत गरेको छ । दोस्रो एसिडी शिखर सम्मेलन आगामी अक्टोबरमा थाइल्यान्डमा हुने भएको छ । बैठकमा भाग लिन उपप्रधानमन्त्री थापा बुधबार बैंकक पुगेका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण