रु २० मा एनसेलको ट्वान्टी–ट्वान्टी प्याक
काठमाडौँ –एनसेलका ग्राहकहरुले अब एउटै प्याकबाट भ्वाइस र डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।
देशकै अग्रणी मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाली बजारमा पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको दैनिक प्याक ‘ट्वान्टी–ट्वान्टी प्याक’ ल्याएको हो । जस अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अझ सुलभ दरमा भ्वाइस र डेटा सेवाको मज्जा लिन सक्छन् ।
हाल भईरहेको आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकफ क्रिकेट प्रतियोगिताको अवसर पारेर ल्याइएको यो प्याक आज शुक्रबार (फागुन २८) बाट लागु भएको छ । ग्राहकले कर बाहेक रु २० मा ट्वान्टी–ट्वान्टी प्याक खरिद गरी एनसेल नेटवर्कभित्र कल गर्न सकिने २० मिनेटको टक टाइम र २० एमबि डेटा प्राप्त गर्न सक्छन् । यो प्याक ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अवधिभर संचालनमा रहने छ । सामान्य अवस्थामा, प्रति मिनेट कलको कर बाहेक रु १.९९ पर्छ भने कुनै प्याक खरिद नगरी डेटा चलाउदा प्रति एमबि रु ३ पर्दछ । यसरी ट्वान्टी–ट्वान्टी प्याक लिदा ग्राहकले करिब रु १०० बराबरको सेवा मात्र रु २० मा प्राप्त गर्नेछन् । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७११४ मा डायल गरी वा अंग्रजीमा २० टाईप गरी १७११४ मा एसएमएस पठाएर सहजै यो प्याक खरिद गर्न सक्छन् । प्याकको समयावधि २४ घण्टा रहनेछ । ”आफ्ना प्रिपेड ग्राहकका लागि पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको प्याक ल्याउन पाएकोमा हामी खुशी छौं । सुलभ दरमा उपलब्ध यस प्याकले ग्राहकलाई ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको अवसरमा आफ्ना प्रियजनसँग थप सम्पर्कमा रही आपसमा खेलको मज्जा साट्न मद्दत गर्ने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि खरिद गर्न सक्छन् । यदि ग्राहकले एकैदिनमा दुई पटक यो प्याक खरिद गरेमा पछिल्लो पटक खरिद गरिएको प्याक अनुसार सेवा उपयोगको समयसिमा तोकिनेछ र अघिल्लो प्याकको बाँकी टक टाइम र डेटा पनि पछिल्लो प्याकको टक टाइम र डेटामा जोडिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण