शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सभापति देउवालाई चिनीयाँ राजदूतको बधाई

शुक्रबार, २८ फागुन २०७२, ११ : ४०
शुक्रबार, २८ फागुन २०७२

काठमाडौं– नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले बधाई तथा शुभकामना दिएका छन् ।

सभापति देउवालाई आज बधाई दिन उहाँकै निजी निवास बुढानिलकण्ठ पुगेका राजदूत चुन्ताईले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारको तर्फबाट सभापति देउवाको कार्यकालको सफलताको कामना गरे ।

उनले सभापति देउवाको कार्यकालमा चीनसँगको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास पनि व्यक्त गरेको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

सो अवसरमा सभापति देउवाले चीन नेपालको असलमित्र भएकाले चीनसँगको मित्रतालाई आफूले सधैं महत्व दिएको स्पष्ट पार्दै आगामी दिनमा अझ राम्रो सम्बन्ध बनाउनका लागि आफूले जोड दिने बताए । उनले नेपालको विकासमा चीनले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप