शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपालगन्जको होटल व्यवसाय फस्टाउँदै

शुक्रबार, २८ फागुन २०७२, ११ : ४३
शुक्रबार, २८ फागुन २०७२

नेपालगन्ज– द्वन्द्वकालीन अवस्थामा धर्मराएको नेपालगन्जको होटल व्यवसाय क्रमशः फस्टाउँदै गएको पाइन्छ ।

मध्य पश्चिमाञ्चलको व्यापारिक सहर नेपागन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार रु तीन अर्बभन्दा बढी लगानी भएको छ ।

होटल अर्गनाइजेसन नेपालका अनुसार पछिल्लो तीन वर्षको अवधिमा यो सहरका होटल व्यवसायमा मात्र करिब रु तीन करोड लगानी थप भएको छ ।

शान्ति सुरक्षाको अवस्थामा आएको सुधारले पर्यटकको समेत आगमनमा वृद्धिसँगै नेपालगन्जमा ठूला अनि सुविधासम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको पाइन्छ ।

अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् ।

त्यसैगरी, यस सहरको पुराना ‘स्नेह’, ‘किचनहट’ र ‘सिद्धार्थ भ्यू’ लगायतका ठूला होटलमा अहिले लगानीसमेत बढेको हुनाले पर्यटकको यो सहरप्रति आकर्षण बढ्दै गएको छ ।

यस क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्नका लागि आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेका स्थानलाई समेत व्यवस्थित बनाउन सरकारी चासोसमेत हुनुपर्ने होटल अर्गनाइजेसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष भाष्कर काफ्लेको भनाइ छ ।

तस्बिर : गुगल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप