फेसबुकमा ‘आत्महत्या गर्छु’ भन्ने युवकलाई प्रहरीले बचायो
काठमाडौं – सामाजिक फसबुकमा आत्महत्या गर्छु भन्दै पोस्ट गर्ने एक युवकलाई प्रहरीले आत्महत्या गर्नबाट जोगाएको छ । आत्महत्या गर्न लागेका ती युवकलाई प्रहरीले काउन्सिलिङ गरी सम्भावित दुर्घटनाबाट जोगाएको हो । झापा घर भई हाल बिएमा अध्ययनरत ती युवकले फेसबुकमा फागुन २७ गते आत्महत्याको नोट पोष्ट गरेका थिए । उनको पोष्ट देखेपछि प्रहरीलाई फेसबुक आयरल्याण्डले खबर गरेको थियो । सूचना प्राप्त भएपछि प्रहरीले ती युवकको पोष्ट अध्ययन गरेको थियो । लगत्तै, महानगरीय प्रहरी अपराध महाशाखाले सम्भावित दुर्घटना जोगाउन प्रहरी निरिक्षक पशुपति कमार रायको कमाण्डमा प्रहरी टोली खटाएको थियो । रायको टोलीले ती युवकको घर पत्ता लगाई उनलाई भेटेर आवश्यक काउन्सिलिङ प्रदान गरेको थियो । प्रहरीको काउन्सिलिङपछि ती युवकले आत्महत्या नगर्ने प्रतिबद्धता जनाउँदे माफी मागेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण