शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पाँच स्थानमा कांग्रेस केन्द्रिय सदस्यको मतगणना

शुक्रबार, २८ फागुन २०७२, १२ : १४
शुक्रबार, २८ फागुन २०७२
काठमाडौं– गत आइतबार सम्पन्न कांग्रेस केन्द्रिय सदस्यको मतगणना पार्टी केन्द्रिय कार्यालय सानेपामा आज जारी छ । आज केन्द्रीय सदस्यको दलित, मधेसी, जनजाति, महिला र खुल्ला २५ तर्फको भिन्दा भन्दै ५ स्थानमा मत गणना शृरू गरिएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए । उनका अनुसार अबको ५ दिनभित्र सम्पूर्ण केन्द्रिय सदस्यको नतिजा आइसक्ने छ । यसअघि हिजो भएको मतगणनामा मुस्लिम कोटाबाट फर्मुल्लाह मन्सुर विजयी भए । यस्तै खुलातर्फको २५ केन्द्रीय सदस्यमा भएको निर्वाचनको मतगणनामा बिहिबार नेता खुमबहादुर खड्काले अग्रता लिएका थिउ । महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप