फेरि युवतीमाथि एसिड प्रहार
दाङ– दाङमा एक युवती एसिड प्रहार भएको छ । घोराही –२ की थारु युवतीमाथि अपरिचित दुई युवाको समुहले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमान विदेशमा भएका ति युवतीलाई बिहिबार साँझ मोटरसाइकलमा आएको दुई युवाले एसिड छ्यापेर भागेका थिए । उनको देब्रे कान र गालामा घाउ भएको छ भने घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनमाथि किन एसिड प्रहार भयो भन्नेबारे खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरिएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले भने, ‘घटनाको कारण खुल्न सकेको छैन, हामी अनुसन्धानको चरणमा छौं ।’
यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले युवतीमाथि एसिड प्रहार भएको र अहिले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रजिअ काफ्लेका अनुसार केहीलाई अहिले नियन्त्रणमा लिइसकिएको छ ।
गतवर्ष पनि राजधानीमा एसएलसीको तयारीमा रहेका दुई छात्रामाथि एसिड प्रहार भएको थियो । ति छात्रालाई एसिड हान्ने जीवन कुँवर अहिले कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण