शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान

शुक्रबार, २८ फागुन २०७२, १२ : ४८
शुक्रबार, २८ फागुन २०७२

काठमाडौँ – नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले हरेक दुई वर्षमा प्रदान गर्ने “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार” को लागि नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार छनौट समितिले दरखास्त आह्वान गरेको छ ।

नेपालका ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चारसंस्थालाई प्रदान गरिनेछ । पुरस्कारको राशि १,११,१११.११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ एघार पैसा) रहेको छ ।

दरखास्तको लागि निम्नानुसारको मापदण्ड पुरा गरेको हुनु पर्ने नेपाल पत्रकार महासंघले निकालेको सुचनामामा जनाएको छ; १. आवेदन नेपाली वा नेपालका क्षेत्रीय अथवा स्थानीय भाषामा विगत दुई वर्षदेखि पत्रकारिता गर्दै आएका व्यक्ति वा सञ्चार संस्था हुनुपर्नेछ । २. उक्त व्यक्ति वा संस्था ग्रामीण क्षेत्रमा सञ्चालन भएको र कार्यक्षेत्र ग्रामीण भेगसमेत रहेको हुनुपर्नेछ । ३. आवेदक व्यक्ति भए आफू काम गर्ने संस्थाको सिफारिस लिनुपर्नेछ । उक्त संस्था नेपालमा विधिवत् दर्ता भएको हुनुपर्नेछ । संस्था स्वयम् आवेदक भए पनि उक्त संस्था दर्ता वा नवीकरण भएको हुनुपर्नेछ । आवेदक स्वतन्त्र पत्रकार भए सूचना विभागद्वारा प्रदान गरेको स्वतन्त्र पत्रकारिता गर्न दिइएको अनुमतिसहितको परिचयपत्रको प्रति आवेदनमा संलग्न हुनुपर्नेछ । ४. आवेदक व्यक्ति वा संस्था कुनै पनि राजनीतिक पार्टीमा प्रत्यक्षरूपमा क्रियाशील भएको हुनुहुने छैन । ५. सन् २०१५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा प्रकाशन वा प्रसारण भएको सामाग्री हुनुपर्नेछ । ६. छनौटमा परेका पुरस्कृत व्यक्ति वा संस्थाको नाम नेजाले घोषणा गर्नेछ । पुरस्कृत व्यक्ति वा संस्थालाई आगामी मे ३ का दिन नेपाल पत्रकार महासंघले आयोजना गर्ने विश्व प्रेस स्वतन्त्रता दिवस समारोहमा प्रमाण पत्रसहित पुरस्कार राशि प्रदान गरिनेछ । ७. आवेदकले व्यक्तिको हकमा विगत एक वर्षयता आफूले प्रकाशन वा प्रसारण गरेका सामग्रीको तीन प्रति र आफ्नो रचना वा कार्यक्रमबाट ग्रामीण विकासमा पर्ने प्रभावबारे पाँच सय शब्दमा नबढ्ने गरी गरिएको एक समीक्षा संलग्न गर्नुपर्नेछ । संस्थाको हकमा आफ्नो दर्ता प्रमाणपत्र नवीकृत संलग्न गर्नुपर्नेछ । ८. आवेदन आगामी मार्च ३१ (२०७२ चैत्र १८ गते) भित्र निम्न ठेगानामा आइपुग्नु पर्नेछ । ढिला गरी प्राप्त भएका आवेदन प्रतियोगितामा समावेश गरिनेछैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप