सभामुखलाई कसैले फसायो, म प्रचण्डसँग कुरा गर्छुः देउवा
काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ति मगरले गल्ती गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सभामुखले हस्तक्षेप गर्ने होईन । सम्मानित पदले यस्तो काम गर्न हुँदैन । उहाँले फिर्ता पठाउने होईन, सुनवाई समिति बनाउने हो । फिर्ता गर्नु परे पनि सुनवाई समितिले गर्छ । न्यायधिस सिफारिस मलाई चित्त बुझोस नबुझोस् त्यसको अर्थ छैन । गलत काम सभामुखले गर्न सुहाउँदैन । सभामुख सम्मानित र तटस्थ पद हो , सबैको साझा हो उसले अभिभावकको भूमिका निर्वाह गर्नु पर्छ ।’ देउवाले सभामुख असल मान्छे भए पनि उहाँलाई कसैले फसाएको जस्तो आफुलाई लागेको भन्दै यस विषयमा आफूले एमाओवादी अध्यक्ष प्रचण्डसँग कुरा गर्ने बताए ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्ने भन्दै काग्रेसले अहिले शसक्त प्रतिपक्षको भूमिका खेल्ने स्पष्ट पारे । देउवाले भने,‘ शसक्त प्रतिपक्ष नभए शासक तानाशाही हुन्छ । गलत विपक्षी भए प्रजातन्त्र कमजोर हुन्छ । दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौ । यो सरकारमा हामी जाँदैनौ ।’
आफ्नो उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर अब प्रजातन्त्रालाई कसैले पनि खोस्न नसक्ने अवस्थामा पुर्याउने भएको भन्दै संविधानको कार्यान्वयन, सीमांकन मिलाउने र मुलुकमा लगानीको बातावरण बनाएर समृद्ध र सम्पन्न नेपाल बनाउन लाग्ने बताए ।
मधेसी मोर्चाले उठाएको सीमांकनसहितका मुद्दाहरुलाई बार्ताबाटै समाधान गर्ने स्पष्ट पार्दै आवश्यक परे संविधान संसोधन समेत गर्न सकिने बताए ।
उनले आफू सभापतिमा निर्वाचित नभई जिम्मेवारी पाएको भन्दै पार्टीलाई मिलाउने र एक बनाएर अघि बढाउने जिम्मेवारी आफ्नो भएको बताए ।
देउवाले भारतसँग सम्बन्ध सुदृढ बनाउँदा नेपाललाई नै फाईदा हुने भन्दै भारतको जायज चासो र चिन्तालाई संबोधन गर्नु पर्ने धारणा राखे । भुकम्प पछिको पुर्न निर्माणको लागि आएको ६ खर्व रकम काम हुन नसक्दा फिर्ता जाने स्थिति उत्पन्न भएको भन्दै उनले भुकम्प पीडितको राहत र पुनःनिर्माणकोलागिड सरकारलाई दवाव दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण