जिविस रुपन्देहीको बजेट ५ अर्ब
भैरहवा–जिल्ला विकास समिति रुपन्देहीले आगामी आर्थिक बर्ष २०७३/०७४ का लागि कुल बजेट रु.५ अरब २४ करोड १६ लाख २६ हजार प्रस्तुत गरेको छ।
जिविसको शुक्रबार २३औं जिल्ला परिषद समुदघाटन समारोहमा रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन।जसमध्ये चालु खर्चमा रु.३ अरब ५ करोड २६ लाख ६७ हजार अर्थात कुल बजेट रकमको ५८ प्रतिशत छ भने पुजिगत खर्च रु.२ अरब १८ करोड ८९ लाख ५९ हजार अर्थात कुल बजेट रकमको ४२ प्रतिशत रहेको छ।जसमा र्राष्ट्रिय गौरवका योजनाहरुमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण,लुम्बिनी विकास कोष र बुटवल बेलहिया ६ लेन सडकको लागि बजेट यसमा समावेस गरिएको छैन।
त्यस्तै जिल्ला विकास समितीको कार्यालय तर्फ कुल बजेट रु.१ अरब १२ करोड ४९ लाख ७९ हजार प्रस्ताव गरिएको छ।जसमध्ये चालू तर्फ ४४ करोड ९१ लाख ७७ हजार र पुजिगत तर्फ रु.६७ करोड ५८ लाख २ हजार रहेको छ।जसअनुसार महिला तर्फ रु.१ करोड ४२ लाख,बालबालिका तर्फ रु.१ करोड ४२ लाख,अन्य लक्षित तर्फ रु.२ करोड १३ लाख,कृषि पशु एवं सिचाइ विकास तर्फ रु.१ करोड ४८ लाख,सामाजिक सुरक्षा तर्फ रु.२५ करोड ६५ लाख र वातावरण तर्फ रु.६० लाख रहेको छ।
जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी युवराज सुवेदीको सभापतित्व,श्रम,रोजगार तथा वाणिज्य मन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता,जिविस रुपन्देहीका वरिष्ठ इन्जिनियर पुष्कर प्रसाद पोखरेलको स्वागत मन्तव्य तथा सुचना अधिकृत टोपलाल शर्माको सन्चालनमा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्लाका संसदहरु अब्दुल रज्जाक,आदित्य नारायण कसौधन,इस्तिहाक अहमद खान,कमलेश्वर पुरी,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाल,राजनीतिक दलका जिल्लास्तरीय नेताहरु,संघ संस्थाका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण