विराट पेट्रोलाई कारबाही गर्न वाइसिएल र अखिल क्रान्तिकारीको माग
काठमाडौं– एमाओवादी निकट अखिल क्रान्तिकारी र आईसिएल नेपालले विराट पेट्रोलाई महंगोमा इन्धन बेच्ने दिने सरकारी निर्णयको विरोध गरेको छ । क्रान्तिकारी र वाईसिएलले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै विराट पेट्रोलाई कारबाही गरी उसको अनुमतिपत्र रद्द गर्न तथा महंगोमा तेल बेच्ने माली आयल स्टोर कालिमाटी, भ्याली रिकेश आयल स्टोर गैरीगाउँ र जयन्ती आयल स्टोर त्रिपुरेश्वरलाई आजै सिलबन्दी गरी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । संयुक्त विज्ञप्तीमा विराट पेट्रो मार्फत आयल निगमको मूल्य सुचिभन्दा ३१ रुपैयाँ महंगोमा पेट्रोल बेचेको, बेच्न दिइएको घटना सार्वजनिक हुँदा कोही पनि नेपाली नागरिक चुप लागेर बस्नसकिने समेत उल्लेख गरिएको छ । यी दुई संगठनले देशमा कायम कालोबजारी र अनियमितता नियन्त्रण गर्न माग गर्दै त्यसमा सरकार उदासिन भए सडक संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण