शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गायकपछि नायक : हनी सिंहको नयाँ चलचित्रको ट्रेलर सार्वजनिक

शुक्रबार, २८ फागुन २०७२, १५ : ४५
शुक्रबार, २८ फागुन २०७२
मुम्बई – गायक यो यो हनी सिंहको नयाँ चलचत्रि ‘जोरावर’ को ट्रेलर विहिबार सार्वजनिक भएको छ । पंजाबी भाषाको यस चलचित्रमा हनी सिंह सिपाहीको भूमिकामा देखिने छन् । चलचित्र विश्वभर ६ मे मा रिलिज गरिने छ । चलचित्रमा हनी सिंह बाहेक गुरबानी जज, पारुल गुलाटी, पवन मल्होत्रा र मुकुल देवको मुख्य भूमिका रहेको छ । विनिल मार्कनले चलचित्रको निर्देशन गरेका छन् भने यसमा संगीत हनी सिंह आफैले दिएका छन् । हनी सिंहको यो पहिलो चलचित्र भने होइन । उनले ‘मिर्जा : द अनटोल्ड स्टोरी’, ‘तु मेरा २२, मे तेरा २२’ र बलिउडको ‘द एक्सपोज’ मा काम गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप