शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

शुक्रबार, २८ फागुन २०७२, १६ : ००
शुक्रबार, २८ फागुन २०७२

काठमाडौं – नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मेलेसियाको फुटबल संघले शुक्रबार खेल खेल्नका लागि सहमती जनाएको हो । नेपालको राष्ट्रिय टोलीले मार्च २७ मा मलेसियाको अन्डर २२ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीमा अधिकांश दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडी सहभागी हुने एन्फाले जनाएको छ । नेपालका नयाँ प्रशिक्षक ग्योटुकी कोजीले टोलीको नेतृत्व गर्नेछन् । उनी हाल सिमरामा फुटबल खेलाडीहरुको बारेमा जानकारी लिनका लागि रहेका छन् । उनी आइतबार काठमाडौं आएर प्रशिक्षण शुरु गर्ने र शुरुवाती टोलीको घोषणा गर्ने एन्फाले बताएको छ । त्यस्तै मे महिनामा नेपाल र मलेसियाको राष्ट्रिय टोलीबीचको खेल पनि मार्च २९ मा हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप