शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नाराबाजीसहित मधेसी मोर्चाद्वारा जिल्ला परिषद् बहिष्कार

शुक्रबार, २८ फागुन २०७२, १६ : ३०
शुक्रबार, २८ फागुन २०७२

परासी– जिल्ला विकास समिति नवलपरासीको २४ औ  जिल्ला परिषदलाई मधेशी मोर्चाले बहिष्कार गरेको छ । मोर्चाले जिविसको प्रतिवेदन च्याति एलडिओ मुर्दाबादको नाराबाजी समेत गरेको छन् । जिल्ला विकास समितिले मधेशी लगायत विभिन्न राजनितिक दलहरुको विना समन्वयमा बजेट तथा योजनता छनौट गरेको विरोधमा मोर्चाले परिषद बहिष्कार नाराबाजी गरेको हो ।

अतिआवश्यक ठाउँमा योजना तथा बजेट नपारी आफनो मनोमानी ढंगबाट बजेट तथा योजनाहरु छनौट गरेको भन्दै मोर्चाले आपत्ति व्यक्त गर्दै परिषदमा एलडीओविरुद्व नाराबाजी गरि प्रतिवेदन च्यात्ने र माईक खोस्ने हर्कत गरेको थियो । मोर्चाको बहिष्कार तथा नाराबाजी कार्यले जिल्ला परिषद आधा घन्टा अवरोध भए संगै कार्यक्रम भाडिन समेत पुगेको थियो ।

प्रतिवेदनमा, योजनाहरु अनुगमन नगरिकनै छनौट गरिएको र योजनाहरु समावेशी नभएको मोर्चाले आरोप लगाउदै कार्यक्रममा अतिथिको आनस ग्रहणमा वर्गियता समेत नमिलाउदा कार्यक्रम बरिष्कार गरेको मोर्चाका सदस्य तथा फोरम नेपालका अध्यक्ष धरेन्द्र यादवले बताए ।

स्थानिय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले योजनाहरु तथा बजेटहरु संसोधन गर्ने प्रतिबद्धता जनाएपछि मोर्चाबिनै परिषद पुनः संचालनमा आएकोे थियो । कार्यक्रममा जिबिसले आर्थिक वर्ष २०७३÷०७४को कुल प्रस्तावित बजेट १ अर्ब १३ करोड, ९९ लाख ५१ हजारको सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप