जाजरकोटको वजेट झण्डै साढे २ अर्व
जाजरकोट, फागुन २८ जाजरकोटको आगामी वर्ष २०७३ /७४ का लागि झण्डै साढे २ अर्व बजेट प्रस्ताव गरिएको छ । नवौं जिल्ला परिषद् वैठकका निर्णयहरु सार्वजनिकीकरण कार्यक्रममा शुक्रवार स्थानीयविकास अधिकारी इन्द्र गौतमले आगामी आर्थिक वर्षका लागि २ अर्व ३६ करोड ४२ लाख१० हजारकोवजेट प्रस्ताव गरेका हुन् । ।गृहमन्त्री शक्ति वहादुर वस्नेतले उद्घाटन गरेको सार्वजनिकीकरण कार्यक्रमा स्थानीय विकास अधिकारी गौतमले प्रस्तुत गरेको वजेट अनुसार जिल्लाको विकासका लागि चालु तर्फ १ अर्व ५५ करोड ५८ लाख ५८ हजार र पुजीगततर्फ ८० करोड ८३ लाख ५२ हजार रहेको छ । उक्त वजेट मध्ये जिल्ला विकास समितिको कार्यालय र अन्तरगतका आयोजनाहरु तर्फ कुलवजेट ७५ करोड ४३ लाख ४२ हजार वजेट छुटटयाइएको छ । त्यस्तै विषयगतकार्यालय तर्फ जम्मा १ अर्व ३१ करोड ४६ लाख ४२ हजार छुटटयाइएको छ । त्यस्तै गैरसरकारी सस्थातर्फको वजेट जम्मा २९ करोड ५२ लाख ५९ हजार प्रस्तावगरिएको छ । कुल वजेट मध्यपुर्वाधार तर्फ ५५ करोड ६६ लाख ४२ हजार छुटयाइएको छ । विभिन्न ५ वटा विषयगत समिति, गाउँनगर र वस्ती स्तरवाट तर्जुमा भएका वजेट तथा कार्यक्रमहरुका आधारमा स्थानीय विकास अधिकारी गौतमले उक्त वजेट प्रस्तुुत गरेकाहुन् । परिषदले नलगाड जलविद्युतआयोजनाको शिघ्र निर्माणका लागि सरकारलाइ आग्रहगर्ने, जिल्लाको वहुुमुल्य पत्थरको उत्खनन तथा संकलनको कामलाई व्यवस्थित गर्ने ,जिल्लाका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको संरक्षण र प्रचार प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने , भेरीको पुलनिर्माणको कार्य यसै वर्ष निर्माण गर्ने काममा सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण