शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारी अन्तिम चरणमा

शुक्रबार, २८ फागुन २०७२, १६ : ५८
शुक्रबार, २८ फागुन २०७२

पोखरा– आगामी चैत १ गतेदेखि ४ गते (मार्च १४–१७)सम्म पोखरामा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारी सम्बन्धमा नायब शिष्टाचार माहापाल राजाराम वर्तौलाले आज पोखरामा भइरहेको तयारीबारे सम्बन्धित निकायसँग छलफल गरेका छन् ।

बैठकको पूर्व तयारीका सन्दर्भमा बिहीबार पोखरा आएका वर्तौलाले आज स्थानीयरुपमा भइरहेको तयारीका सम्बन्धमा मूल व्यवस्थापन सहयोग समितिका संयोजक क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालासहित सुरक्षासम्बद्ध पदाधिकारी लगायतसँग छलफल गरेका हुन् ।

वर्तौलाले बैठकको तयारी लगभग अन्तिमचरणमा पुगिसकेको जानकारी दिए । उन्का अनुसार मार्च १७मा सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक हुनेछ भने त्यसअघि मार्च १६मा स्थायी समितिको बैठक हुनेछ ।

कार्यक्रम समितिको बैठक मार्च १४ र १५ तारिकमा हुने भएकाले मार्च १३मा कार्यक्रम समितिको बैठकका लागि पाहुना पोखरा आइसक्ने वर्तौलाले जानकारी दिए ।

त्यस्तै मार्च १६मा हुने स्थायी समितिको बैठकका लागि मार्च १४ र १५ मा सार्क स्थायी समितिका सदस्य पोखरा आइसक्ने र मार्च १७मा हुने परराष्ट्र मन्त्रीहरूको बैठकका लागि सदस्य राष्ट्रका परराष्ट्र मन्त्री मार्च १६ मा पोखरा आइसक्ने उनले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप