शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुस्मा स्वराज चैत १ गते नेपाल आउँदै

शुक्रबार, २८ फागुन २०७२, १७ : ०७
शुक्रबार, २८ फागुन २०७२
काठमाडौं – भारतीय विदेश मन्त्री सुस्मा स्वराज अगामी चैत १ गते नेपाल आउने भएकी छिन् । पोखरामा आयोजना हुन लागेको सार्क मन्त्रीस्तरीय बैठकमा भाग लिन उनी नेपाल आउन लागेकी हुन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार स्वराजसँग विदेश सचिव एस जयसंकर पनि बैठकमा सहभागी हुनेछन् । सार्क मन्त्रीस्तरीय बैठक मार्च १४ देखि १७ सम्म पोखरामा आयोजना हुँदैछ । बैठकमा भारतले सार्क सम्मेलनका दौरान गरिएका प्रतिबद्धताहरुको विषयमा कुरा राख्ने स्वरुपले जानकारी दिएका छन् । विशेष गरेर सार्क सेटेलाइटजस्ता विषयहरु उठाइने छन् । पाकिस्तानी विदेशमन्त्रीसँग द्विपक्षीय छलफल हुने नहुने विषयमा भने उनले हालसम्म त्यस्तो कार्यक्रम तय नभएको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप