उदयपुर जिल्लाको बजेट १४ करोड घट्यो
उदयपुर – राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले जिल्लामा रहेको नदीजन्य पदार्थ निकासीमा प्रतिबन्ध तथा भुकम्प, नाकाबन्दी लगायत कारण उदयपुरको बार्षिक विकास बजेट १४ करोड १५ लाख कमी भएको छ । अघिल्लो बर्ष २ अर्ब ३६ करोड ११ लाख ५७ हजार २ सय रुपैयाँको प्रस्तावित बजेट सार्बजनिक गरिएकोमा आगामी बर्ष कूल २ अर्ब २१ करोड ९६ लाख बजेट प्रस्तावित गरिएको छ । जिविस उदयपुरको नवौँ जिल्ला परिषद् शुक्रबार सार्वजानिक गर्दै ६ वटा विषयगत समिति मातहतबाट कार्यक्रम सञ्चालन गर्ने गरी आगामी आर्थिक बर्षका लागि बजेट प्रस्ताव गरिएको हो । वजेटमा स्थानीय पुर्वाधार, गरिवी न्युनिकरण, रोजगारी वृद्धी, वातावरण संरक्षण, विपद् तथा जलवायू जोखिम न्युनिकरण, सुशासन र सेवाप्रवाह, लैङ्गिक समानता र समावेशी बिकास, नविकरणीय उर्जामा जोड दिएको जिल्ला विकास समितिले जनाएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै सहरी विकास राज्य मन्त्री मन्जुकुमारी चौधरीले योजना आफैमा राम्रा भएपनि निर्माण गर्दा दीगो विकासका आधारको खोजी गर्दा अझ राम्रो हुने विश्वास व्यक्त गरे । उनले े व्यक्तिविशेषका योजनाभन्दा पनि सबै जनतालाई समेटने गरी योजना बनाउनु पर्नेमा जोड दिए । मन्त्री चौधरीले सबै ठाउँमा सबै योजना सम्पन्न गर्न नसकिने बताउँदै थोरै लगानी गर्दा धेरैलाई फाइदा पुग्ने खालका योजनालाई प्राथमिकता दिएमात्रै लगानीको प्रतिफल प्राप्त गर्न सजिलो हुने बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण