शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु

शुक्रबार, २८ फागुन २०७२, १७ : ३५
शुक्रबार, २८ फागुन २०७२

बझाङ –घर पोत्नका लागि माटो खन्न गएका ३ जना महिलाको ढिस्कोमा पुरीएर मृत्यु भएको छ । शुक्रवार विहान ९ बजे तिर माटो खन्ने क्रममा खिरातडी गाविस २ की ४० बर्षिया कान्तामती कार्की, सोही गाविस ८ की २८ बर्षीया विष्णा देवि पन्त, र सोहि ठाँउकी ३२ बर्षिया पशुपती कार्कीको माटोको ढिस्कोले पुरीएर ज्यान गएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले वताए ।

माटो खन्नको लागी खिरातडी गाविसको का“टेगडा भन्ने ठा“उमा गएका उनिहरुको माटो निकाल्न लाग्दा ढिस्कोले पुरीएर घटना स्थलमा नै ज्यान गएको हो । ढिस्कोले पुरीएको देखे पछि केही स्थानीयहरुले उद्धार गर्न खोजे पनि माटो पन्छाउन ढिलाइ भएका कारण तिनै जनाको ज्यान गएको पनि प्रहरीले जनाएको छ । हरेक नयाँ वर्ष मा यहाँ सधै रातो माटोले घर पोत्ने प्रचलन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप