सेक्स टेप प्रकरणमा बेन्जेमालाई राहत
पेरिस – सेक्स टेप प्रकरणमा फ्रान्सका स्टाइकर करिम बेन्जेमालाई राहत मिलेको छ । आफ्नै सहकर्मीविरुद्ध ब्ल्याकमेलिङ गरेको भन्दै प्रतिबन्ध खेपिरहेका बेन्जेमालाई भर्सालिस अदालतले नयाँ फैसला सुनाउँदै राहत दिएको हो । फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी म्याथु भाल्बुएनाको सेक्स टेप बनाएर ब्ल्याकमेलिङ गरेको आरोप बेन्जेमामाथि लागेको छ । यही प्रकरणमा बेन्जेमालाई भाल्बुएनासँग भेट्न अदालतले प्रतिबन्ध लगाएको थियो । जसको कारण बेन्जेमा फ्रान्सको राष्ट्रिय टोलीबाट हटाइएका थिए । तर, भर्सालिस अदालतका न्यायाधीस नाथाली बोटार्डले सो प्रतिबन्ध हटाइएको छ । बेन्जेमा गत फेब्रुअरीदेखि प्रतिबन्धित थिए । योसँगै युरो २०१६ मा फ्रान्सको टोलीमा पुनः पर्न सक्ने सम्भावना बढेको छ । ‘करिम निकै खुसी छन्,’ करिमका वकिलले निर्णयपछि भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको अझै उनी दोषी छैनन् भन्ने प्रमाणित गर्नु हो ।’ रियल म्याड्रिडका स्टारलाई पुनः राष्ट्रिय टोलीमा बोलाउने वा नबोलाउने भन्ने विषयमा फ्रान्सको फुटबल फेडरेसनले लिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण